जीबछ उदासी
लहान,साउन १३ गते ।
अखिल नेपाल महिला संघले देशभरी नै सुशासन,समृद्धि सामाजिक न्याय र महिला हिंसा रोक्न अभियान थालिने बताएको छ ।
सिरहाको लहानमा अखिल नेपाल महिला संघ प्रदेश स्तरीय महिला युवा तथा अभिमुखीकरण दुई दिने कार्यक्रमको दोस्रो दिन आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो ।
अन्तराष्ट्रिय सम्बन्ध समितिका सदस्य,संघीय सांसद तथा महिला नेतृ सुजिता शाक्यले रास्ट्रियता,सुशासन,समृद्धि र सामाजिक न्यायको लागि अखिल नेपाल महिला संघ कटिवद्ध रहेको बताउनुभयो ।
उहाँले थप्नुभयो,'अन्तराष्ट्रिय र दक्षिण एशियाका मुलुकहरुमा समेत प्रचलनमा रहेको नागरिकता सम्बन्धी अभ्यासलाई समेत ध्यानमा राखी विवाह भएकै भोलिपल्ट नागरिकता दिइने विधेयकको विरोधमा हामी छौ।'
मधेशमा महिला हिंसाको कारण दाइजो प्रथा रहेकोले दाइजोप्रथा हटाउन सचेतनामुलक अभियान समेत अनेमसंघको मातहतमा रहेको युवा महिला संघले चलाउने नेतृ शाक्यले प्रष्टयाउनुभयो ।
अनेमसंघ मधेश प्रदेशका अध्यक्ष निर्मला देवकोटाले हरेक तहमा महिला सहभागितामा बृद्धि गराउन,सामाजिक न्याय समानता स्थापना नहुञ्जेलसम्म अनेमसंघ आफ्नो अभियान तथा कार्यक्रम चलाई रहने बताउनुभयो ।
अनेमसंघको मातहत रहने महिला युवा संघ मधेस प्रदेश प्रदेश ४५ सदस्यीय कमिटि गठन गरेको छ । अध्यक्षमा सोनी गोर्मुछान, उपाध्यक्षमा सोममाया थिङग,सचिवमा पुष्पा यादव,सह-सचिवमम मिना यादव,उप सचिवमा शोभा जिम्बा र कोषाध्यक्षमा कबिता चौधरी चयन भएको आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2023 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A