नेपाली इतिहासकारहरूले मुस्लिम समुदाय प्रति विभेद गरेको छ : डा. राजेश अहिराज

  • भदौ २, २०७९
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान। पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेका बेला मुस्लिम समुदायको पनि रगत बगेको छ तर नेपाली इतिहासकारहरूले मुस्लिम समुदाय प्रति विभेद गरेको राजनीतिक विश्लेषक तथा मधेस प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजले बताउनु भएको छ ।

बुधबार लहान ५ स्थीत रहेको मदरसा दरुल ओलुम हन्फिया असरफियमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि डा. अहिराजले यस्तो बताउनुभएको हो l

IMG_20220817_115240

नेपाल निर्माण गर्ने क्रममा मुस्लिम समुदायको अहम् भूमिका रहेको बताउँदै पृथ्वीनारायण शाहसँग नेपाल एकीकरणका लागि आएका मुस्लिम समुदायहरु हाथ हथियार बनाउने र गोर्खालीहरुलाई चलाउन सिकाउने काम गरेको बताउनु भयो।

गोरखा दरबारमा रहेको गोरखा सङ्ग्रहालयमा मुसलमानहरूको खासै उपस्थिति नरहेको प्रति दुःख ब्यक्त गर्दै इतिहासकारहरूले बेइमानी र अन्याय गरेको बताउँदै इतिहास पुनर्लेखन हुनुपर्ने माग गर्नुभयो ।

IMG_20220817_113239

मदरसामा अध्यनरत विद्यार्थीहरुले नेपालको इतिहास बुझ्नका लागि नेपाल परिचय पनि पढ्नुपर्नेमा जोड दिँदै मदरसाका बच्चाहरु पनि यहाँका सांस्कृतिक र राजनीतिक कुरा बुझ्नुपर्ने धारणा राख्नुभयो । उहाँले कुनै पनि बालबालिका आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित हुनु नपर्ने बताउँदै प्रदेश सरकारले मदरसा शिक्षालाई पनि विशेष प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने जोड दिनुभयो ।

कार्यक्रममा उपस्थित शिक्षक तथा समाजिक अगुवाहरुलाई नेपाल अंकित ब्याच लगाएर सम्मान गर्नु भएको थियो भने बालबालिकाहरूलाई शैक्षिक सामग्री समेत वितरण गर्नुभएको थियो ।

IMG_20220817_113232 IMG_20220817_115245 IMG_20220817_113944 IMG_20220817_111318 IMG_20220817_113720

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

राष्ट्रपति पौडेल र क ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवाय ...

सिरहाको सलहेश भोजपुर ...

भोजपुर, ११ वैशाख : डाँगीहाट युथ क्लब मोरङलाई ४-० गोल अन ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A