चुनाव जित्न तीन आधार हुनैपर्ने : नेता श्रेष्ठ

  • भदौ ६, २०७९
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,भदौ ६ गते । 

नेकपा एमालेको पोलिट्ब्यूरो सदस्य तथा पूर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठले चुनाव जित्न तीन आधार हुनु पर्ने बताउनु भएको छ । 

चुनाव भावनामा बगेर आधारहिन तर्क गरेर जितिदैन, जितको लागि संगठन,अर्थ र उम्मेदवारको व्यक्तितव हुनु पर्नेमा उहाँले जोड दिनुभयो । 

उहाँले भन्नुभयो,'स्थानीय चुनावको मत हेर्दा सिरहाको २,३ र ४ नम्बर क्षेत्रमा एमाले मजबुत देखिएपनि सिरहा -१ मा मेहनत गर्नुपर्छ'। 

चुनावमा कहिलेकाहि नसोचेको परिणाम आउँदो रहेछ नेता श्रेष्ठले भन्दै लहान नगरपालिका र मिर्चैया नगरपालिकाको परिणाम यस्तो होला कल्पना नगरेको बताउनुभयो। 

नेता श्रेष्ठले थप्नुभयो,'लहान नगरपालिकाको परिणाम यस्तो आएकोमा छानबिन समिति बनाएर अन्तर्घात गर्नेलाई कारबाही गर्न वा पार्टी चुक्ने छैन ।' 

मधेस प्रदेशमा गठबन्धनभन्न्दा बढी स्थान जित्ने दाबी गर्दै जति दलको गठबन्धन भएपनि नेकपा एमालेप्रति ज पनिनलहर आएकोले एमालेकै नेतृत्वमा सरकार बन्ने उहाँले दाबी गर्नु भयो । 

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A