जीवछ उदासी
लहान,भदौ ७ गते ।
मंसिर ४ गते हुने निर्वाचनको मिति तय भएसँगै सिरहाको धनगडीमाई नगरपालिकामा नेकपा एमाले झन् बलियो हुँदै गएको छ । सोमबार बिभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठले अबीरमाला लगाई पार्टीमा प्रवेश गराउनु भएको थियो ।
नेता श्रेष्ठले मुलुकको समृद्धि विकास र राष्ट्रियताको लागि नेकपा एमाले नै एक भरपर्दो विकल्प रहेको ठहर नेपाली जनताले गरेर विभिन्न दलहरु त्यागेर एमालेमा प्रवेश गरिरहेको बताउनुभयो ।
नेता श्रेष्ठले भन्नुभयो,'मधेस प्रदेशको आठवटै जिल्लाहरुमा एमाले पार्टी मजबूत अवस्थामा रहेको छ । मंसिर ४ गते सिरहाको चारवटै क्षेत्र जितेर सिरहा जिल्ला एमालेको लालकिल्ला हुनेछ ।'
नेपाली काँग्रेस,जसपा र नेकपा माओवादी गरी एक सय जना भन्दा बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको थियो ।
नव प्रवेशओहरुलाई प्रदेश अध्यक्ष राम औतार यादव,सिरहा एमाले उपसचिव तथा धनगडीमाई नगरप्रमुख शिवशङ्कर महतोले स्वागत गर्दै योगता क्षमता अनुसार पार्टीमा जिम्मेबारी दिइने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।
नेकपा माओवादीका बद्री महतो,सुरेन्द्र राम ,जनता समाजवादीबाट शिबनाथ यादव र राम अशिष मण्डल र नेपाली काँग्रेसका सुल्तान मिया लगायतकाले देश र प्रदेशको समृद्धि र विकासको लागि नेकपा एमाले मात्रै भरपर्दो पार्टी भएकोले एमालेमा प्रवेश गरेको बताउनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A