सिरहा जिल्ला एमालेको किल्ला बन्छ : नेता श्रेष्ठ

  • भदौ १८, २०७९
  • समृद्धिपथ
alt

 

  

जीबछ उदासी 

लहान,भदौ १८ गते । 

सिरहा जिल्ला नेकपा एमालेको किल्ला बनाउन मंसिर ४ गतेको निर्वाचन चुनावी परिणाम हात पार्न टोल कमिटिसम्मलाई सक्रिय बनाउने मधेस प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठले बताउनु भएको छ । 

नेकपा एमालेको पक्षमा मधेस प्रदेशमा चुनावको परिणाम जाने पार्टी प्रवेशको लहरले संकेत देखा परिसकेको नेता श्रेष्ठले जोड दिनुभयो । 

 नेता श्रेष्ठले भन्नुभयो,'नेकपा एमालेको हरेक तहका नेता कार्यकर्ताहरु सक्रिय हुन निर्देशन पार्टीले दिइसकेको छ । टोल कमिटिसमलाई सक्रिय पारेर घरघरमा पुगेर जनतालाई पार्टीको एजेन्डा बुझाउने काम गर्न संगठनका सारा शक्ति परिचालित हुन्छ ।'

पाँचदलका गठबन्धनसँग राष्ट्रियता र समृद्धिको एजेन्डा छैन । नेकपा एमाले बाहेक कुनै पार्टीले विकास र निकास दिन नसक्ने मधेसका जनता बुझिसकेकोले मधेस प्रदेशमा एमाले ठुलो शक्ति हुन्छ हुन्छ सिरहा जिल्ला एमालेको किल्ला हुनेछ, नेता श्रेष्ठले प्रष्टयाउनुभयो । 

 राष्ट्रियता समृद्धि र विकास एमालेको एजेन्डा जनताले बुझिसकेकोले मंसिर ४ गतेको निर्वाचनपछि देश र र सार प्रदेश एमालेमय हुनेछ,उहाँले दाबी गर्नुभयो । 

पाँच दलले जस्तो खलिफा चुनावी आखाडामा आउँछ,एमालेले पनि त्यस्तै खलिफा भिराउन तयारी अवस्थामा रहेको नेता श्रेष्ठले तर्क गर्नुभयो । 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A