गठबन्धनलाई परास्त गर्ने उम्मेदबार उठाउँछौ : लिलानाथ श्रेष्ठ

  • भदौ १९, २०७९
  • समृद्धिपथ
alt

 

जीबछ उदासी 

लहान,भदौ १९ गते । 

नेकपा एमालेको पोलिट्ब्यूरो सदस्य तथा मधेस प्रदेशका सह इन्चार्ज लिलानाथ श्रेष्ठले गठबन्धनलाई परास्त गर्ने उम्मेदबार उठाउने बताउनु भएको छ । 

सिरहा -१ नम्बर क्षेत्रको निर्वाचन समन्वय समितिको भगवानपुरमा आयोजित उम्मेदबार सिफारिस बैठकलाई सम्बोधन गर्दै यस्तो बताउनुभयो । 

नेकपा एमालेले अर्थ,संगठन र व्यक्तित्वलाई ध्यानमा राखेर गठबन्धनलाई परास्त गर्ने उम्मेदबार सिरहा- १ को संघीय (क) र (ख) मा पनि सर्वसम्मतबाट उम्मेदबार चयन गरेर शुभ संकेत (बोहनी) गर्न सबैमा आग्रह गर्दै चुनाव हार्ने छुट नरहेको प्रष्टयाउनुभयो । 

नेता श्रेष्ठले भन्नुभयो,'नेकपा एमाले राष्ट्रियता र समृद्धिको पक्षमा एमाले उभिएको छ राष्ट्रघाती र भ्रष्टाचारीको झुण्ड पाँचदलीय गठबन्धन भएकोले चुनाव एमालेले जित्ने निश्चित छ । एमालेको नेता कार्यकर्ता दिनरात एक गरेर चुनाव जित्न संकल्प लिएर अघि बढ्नुपर्छ ।' 

सिरहा इन्चार्ज गङ्गा प्रसाद यादव,सिरहा अध्यक्ष चन्देश्वर मण्डल लगायत नेताहरुले सम्बोधनपछि सिरहा -१ संघीय सांसदको लागि राम शङ्कर यादवको नाममा सहमति जुटेको थियो । 

गङ्गा प्रसाद यादवले गरेको त्यागले राम शङ्कर यादव सर्वसम्मत उम्मेदबार सिफारिस भएपछि उपस्थित नेता कार्यकर्ताहरु खुसी भएर ताली बजाएर समर्थन गरेको थियो । 

सिरहा -१ क बाट राजेन्द्र प्रसाद चौधरी,राम नारायण महतो,इन्द्र नारायण चौधरी,प्रदिप चौधरी र यमुना खनालको नाम सिफारिस भएको छ भने ख बाट राम सुन्दर यादव,जीवछ यादव उदासी,दिपेन्द्र प्रसाद चौधरी,गेनालाल यादव,चन्देश्वर साह र विभा कुमारी यादवको नाम प्रस्तावित भएको छ । 

 

 

 

 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A