राष्ट्रवाद र समृद्धिको पक्षधरले जित्ने निश्चितः नेता श्रेष्ठ

  • भदौ २६, २०७९
  • समृद्धिपथ
alt

जीबछ उदासी

लहान,भदौ २६ गते ।

नेकपा एमालेको पोलिटव्यरो सदस्य तथा मधेस प्रदेशको सह इन्चार्ज लिलानाथ श्रेष्ठले मंसिर ४ गतेको चुनाव राष्ट्रवादी र समृद्धिको पक्षधरले जित्ने बताउनु भएको छ । नेकपा एमाले सिरहा जिल्ला निर्वाचन कमिटिको लहान नगरपालिका सभा हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यसतो बताउनु भएको हो ।

राष्ट्रवादको पक्षमा नेकपा एमाले सधैं चटानी अडान लिइएको छ भने राष्ट्रघाती सन्धी सम्झौता गरेर नेपाली काँग्रेसको अगुवाई अहिलेको पाँच दल लागिपरेकोले जनताले नेकपा एमालेको उम्मेदबारहरुलाई जितउने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा एमालेबाट प्रधानमन्त्री बन्नु भएको मनमोहन अधिकारी र केपी शर्मा ओलीले भारतको हस्तक्षेप र अमेरिकाको दादागिरीलाई स्वीकार नगरेकै कारण एमालेको सरकार ढाल्न र पार्टी फुटाउने कार्य गरेको नेता श्रेष्ठले प्रष्टयाउनुभयो ।

lilanath shreshtha nwws.4

‘पाँच दलको राष्ट्रघाती गठबन्धनले एमसीसी र एसपीपी सम्झौता गरेर नेपालमा विदेशी हस्तक्षेपलाई निम्ताएकाले नेपाली जनताले नेकपा एमालेको पक्षमा मतदान गरेर राष्ट्रघातीहरुको मनोवल गिराउने निश्चित छ । देशैभरी र मधेसैभरी नेकपा एमालेप्रति देखिएको जनलहर जितको संकेत हो’, नेता श्रेष्ठले भन्नुभयो ।

नेता श्रेष्ठले थप्नुभयो, ‘पदमशमशेरको पालादेखि हुलाकी सडक निर्माणको कुरा उठि रहेको थियो तर निर्माण कार्य अघि बढ्न सकिरहेको थिएन । केपी ओली प्रधानमन्त्री भएपछि १३ अरब रुपैयाँ बजेट विनियोजन गरेपछि हुलाकी सडक निर्माण भएको हो ।’

lilanath shreshtha nwws.3

मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेको पक्षमा देखिएको जनलहलाई संरक्षण गर्न हरेक कमिटि सक्रियताको साथ लाग्न टोल कमिटि गठन गरेर अघि बढ्नुपर्ने उहाँले निर्देशन दिनुभयो ।

भदौ ३१ गते गोलबजार नगरपालिका चोहर्वामा माविमा हुने पार्टी प्रवेश सभामा दस हजारभन्दा बढी अन्य पार्टीका नेताहरु पार्टी अध्यक्ष केपी ओलीको हातबाट टिका ग्रहण गरी पार्टी प्रवेश गर्ने नेता श्रेष्ठले भन्दै सिरहा जिल्ला एमालेको किल्ला हुने दावी गर्नुभयो ।

नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष चन्देश्वर मण्डललको अध्यक्षतामा सम्पन्न बैठकमा केस जिल्ला इन्चार्ज गङगा प्रसाद यादव, केस तथा जिल्ला सहइन्चार्जद्वय रामरति राम, रामप्रित राम, केन्द्रिय सल्लाहकार समितिका सदस्यद्वय धर्मनाथ यादव (मास्टर सहाव) लगनलाल चौधरी, राष्ट्रिय प्रतिनिधि परिषद सदस्यद्वय लहान नगरपालिका पूर्व मेयर मुनि साह सुँडी, सिरहा–१ बाट प्रतिनिधि सभाको लागि सिफरिस राम शङकर यादव लगायतका नेताहरुको उपस्थित रहेको थियो ।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A