फिरोज सिद्दिकी,
लहान । नेकपा एमाले निकट व्यवसायीहरूको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघ लहान नगरकमिटिको अध्यक्षमा उज्ज्वल साह चयन भएका छन् ।
शनिबार लहान ८ स्थित रहेको नेवी ठकनी देवी कुशवाहा सेवा सदनको सभाहलमा आयोजित प्रथम लहान नगर अधिवेशनले बरिष्ठ उपाध्यक्षमा राम एकवाल साह, उपाध्यक्षमा सत्यनारायण यादव, सचिवमा बसन्त साह र सहसचिवमा दिलीप चौधरी चयन गरेका हो ।

त्यस्तै सदस्यहरुमा राजेन्द्र प्रसाद गुप्ता, पवन गुप्ता, सुनिल चौधरी, श्रवण साह, अमित साह, मो. अब्दुल आविद, अमरजित नायक, धनिलाल साह, ईन्द्रकुमार पंडित, जयकिसुन साह, कृष्णा गुप्ता, स्वमेन साह, मो. फैज आलम, जागेश्वर चौधरी, राजकुमार साह, अनिता चौधरी, विमला महथा, ललिता सहनी र राजाराम महतो चयन भएको नेपाल उद्योग तथा व्यवसायी महासंघ सिरहाका अध्यक्ष पशुपति साहले जानकारी दिनुभयो ।

महासंघ जिल्ला कमिटिका अध्यक्ष साहको अध्यक्षता तथा जिल्ला सदस्य बसन्त साहको संचालनमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा सिरहा जिल्ला इन्चार्ज गंगा प्रसाद यादव, नेपाल उद्योग तथा व्यवसायी महासंघका केन्द्रिय सदस्य तथा सिरहा जिल्ला इन्चार्ज फुलेश्वर नायक, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा लहान नगरपालिकाका पूर्व मेयर मुनि साह, नेकपा एमाले सिरहा क्षेत्र १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रामशंकर यादव, नेकपा एमाले सिरहा जिल्ला सचिव तथा भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव, नेकपा एमाले सिरहा क्षेत्र १ ‘क’ का प्रदेश सभा सदस्य पदका उम्मेदवार राजेन्द्र प्रसाद चौधरी, नेकपा एमाले लहान नगर कमिटिका अध्यक्ष राजकुमार साह, रीता यादव, इस्राईल सिद्दिकी लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रेस चौतारीका पत्रकाहरु फिरोज सिद्दिकी, शिव कुमार साह, यमुना खनाल, जिवछ चौधरी र रामभरोसी महतोको उपस्थिति रहेको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A