सिरहा । प्रेस चौतारी नेपाल सिराहा शाखाको कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव कुमार साहलाई दिइएको छ।
आईतबार सिराहाको लहान स्थित प्यासिफिक होटलमा भएको प्रेस चौतारी सिरहाको विस्तारित बैठकबाट अर्को निणर्य नहुन्जेलसम्मको लागि साहलाई कार्यवाहक अध्यक्ष तोकिएको हो।
प्रेस चौतारी सिरहामा कार्यसमिति चयनका विषयलाई लिएर विवाद चल्दै आएको थियो। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएकोले जिल्ला अधिवेशन गर्ने अवस्था अहिले नरहेकोले कार्यवाहक अध्यक्ष तोकिएको प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य रामभरोसी महतोले जानकारी दिनुभयो ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य महतोको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ पत्रकार अर्जुन थपलिया, दिलीप सिंह, जीबछ चौधरी, फिरोज सिद्दिकी, देवराज पोखरेल, यमुना खनाल, शिव कुमार साह, विजय साहलगायतको उपस्थिति रहेको थियो ।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A