प्रेस चौतारी नेपाल सिराहा शाखाको कार्यवाहक अध्यक्षमा साह

  • असोज ३१, २०७९
  • समृद्धिपथ
alt

सिरहा । प्रेस चौतारी नेपाल सिराहा शाखाको कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव कुमार साहलाई दिइएको छ।

आईतबार सिराहाको लहान स्थित प्यासिफिक होटलमा भएको प्रेस चौतारी सिरहाको विस्तारित बैठकबाट अर्को निणर्य नहुन्जेलसम्मको लागि साहलाई कार्यवाहक अध्यक्ष तोकिएको हो।

प्रेस चौतारी सिरहामा कार्यसमिति चयनका विषयलाई लिएर विवाद चल्दै आएको थियो। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएकोले जिल्ला अधिवेशन गर्ने अवस्था अहिले नरहेकोले कार्यवाहक अध्यक्ष तोकिएको प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य रामभरोसी महतोले जानकारी दिनुभयो ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य महतोको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ पत्रकार अर्जुन थपलिया, दिलीप सिंह, जीबछ चौधरी, फिरोज सिद्दिकी, देवराज पोखरेल, यमुना खनाल, शिव कुमार साह, विजय साहलगायतको उपस्थिति रहेको थियो ।

photo_2022-10-17_19-23-18

गुठी र बिटौरी जग्गा ...

लहान । सिराहामा गुठी तथा बिटौरी जग्गा फुकुवा प्रक्रिया ...

चाडपर्व लक्षित ट्राफ ...

फिरोज सिद्दिकी  लहान, ६ कात्तिक। जिल्ला ट्राफिक प ...

लहान नगरपालिका–७ को ...

लहान, सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्बर ७ को नवन ...

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A