प्रदेश तथा प्रतिनिधिसभा सदस्यहरुलाई पतंजली सिरहाको सम्मान

  • मंसिर २९, २०७९
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । पतंजलि योगपीठ नेपाल सिरहा शाखाले सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित संघीय सांसद तथा प्रदेश सभासदस्यहरुलाई सम्मान गरेका छन् ।

बुधबार बिहान लहान स्थित रहेको पतंजलि योगपीठ नेपाल सिरहा शाखाको सभा हलमा आयोजित विशेष कार्यक्रममा पतंजली सिरहाका अध्यक्ष वि.पी चौधरीले प्रतिनिधिसभा र प्रदेश सभामा निर्वाचित भएकाहरूलाई सम्मान गरेका हुन् ।

सिरहा १ बाट प्रतिनिधि सभामा रामशंकर यादव र गंगा प्रसाद यादव संघीय सांसद छन् भने राजेन्द्र प्रसाद चौधरी, राजकुमार गुप्ता र ललिता दास विद्रोही प्रदेश सभा सदस्य हुन् । यादव र विद्रोही समानुपातिकबाट निर्वाचित भएका छन् ।

photo_2022-12-15_17-50-22

पतंजली सिरहाका अध्यक्ष चौधरीले आगामी कार्यकाल सफलताका लागि सबै जनप्रतिनिधिलाई शुभकामना दिएका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका अध्यक्ष दिनेश यादव, लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतो, सफटेक कलेजका संस्थापक तथा समाजसेवी बुद्धिजिवी डा महादेव साह, पत्रकारहरु समृद्धिपथ दैनिकका सम्पादक फिरोज सिद्दिकी, नेत्र दैनिकका सम्पादक महेश सिंह, प्रेस चौतारीका अध्यक्ष शिवकुमार साहलगायतका उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन पतंजलि सिरहाका सदस्य सदस्य तथा समाजसेवी शंकर प्रसाद गुप्ताले गरेका थिए भने शुभकामना मन्तव्य पतंजलि सिरहाका प्रतिनधि तथा पत्रकार शिवकुमार साहले दिएको थियो ।

photo_2022-12-15_17-50-22 (3) photo_2022-12-15_17-50-22 (4) photo_2022-12-15_17-50-22 (2)

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A