सिरहाको विष्णुपुरबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

  • मंसिर २९, २०७९
  • समृद्धिपथ
alt

सिरहा । सिरहाको विष्णुपुर गाउँपालिका-३, राजपुरबाट एकथान कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बिष्णुपुर सिरहाबाट प्रहरी नायव निरिक्षक गोबिन्द कुमार खत्रीको कमाण्डमा खटिएको गस्ती टोलिले बुधबार राति उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विष्णुपुर-३, राजपुर बस्ने २२ वर्षीय विन्दे भन्ने शावनकुमार दासलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताएका छन्।

यस घटनाको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा सोही ठाउँ बस्ने २८ वर्षीय सरोज यादव र निज विन्देले मोटरसाइकल चोरी गरी लगेको भन्ने खुल्न आएपछि उनीहरुको खोजी गर्ने क्रममा विन्देलाई घरमबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका विन्देले कम्मरमा भिरी राखेको १ राउण्ड गोली लोड भएको अवस्थामा उक्त हतियार पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई जिल्ला अदालत सिरहाबाट हातहतियार तथा खरखजाना मुद्दामा ५ दिनको म्याद लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान भईरहेको जनाउँदै फरार रहेको सरोजको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

pic 11

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A