पत्रकार महासंघ सिरहाको १३ औं साधारण सभा सम्पन्न

  • पुस २, २०७९
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । नेपाल पत्रकार महासंघ सिरहा शाखाको १३ औ साधारण सभा शनिबार सम्पन्न भएको छ । लहान स्थित रहेको धार्मिक पर्यटकिय स्थल सलहेश फुलवारीको सभाहलमा भएको साधारण सभाको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह र लहान नगरपालिकाका नगर प्रमुख महेश चौधरीले गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका लहान नगर प्रमुख चौधरीले सुशासनलाई प्रभावकारी बनाउन, विकास निर्माणको कामलाई सहयोग पुग्नेगरी समाचार लेख्न आग्रह गर्नु भयो ।

उहाँले नेपाल पत्रकार महासंघ सिरहा शाखाका लागि लहानमा आफ्नै भवन निर्माण गर्न १० घुर जग्गा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

लहान नगरपालिका पत्रकार हकहितका लागि सदैव सकारात्मक रहने बताउँदै नगरप्रमुख चौधरीले लहान नगरपालिकाको विज्ञापन यहाँबाट प्रकाशित हुने पत्रपत्रिकालाई समान रुपले दिइने प्रतिवद्धता समेत जनाउनु भयो ।

photo_2022-12-17_20-21-54

कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ठ अतिथि समेत रहनु भएकी नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य साहले पत्रकारिता क्षेत्रलाई व्यवसायिक र मर्यादित बनाउनुपर्नेमा जोड दिनु भयो । पछिल्लो समय पत्रकारिता क्षेत्रमा विभिन्न चुनौतीहरु थपिएको हुँदा प्रविधिको प्रयोग गर्दै पेशालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनु भयो ।

उहाँले तराई मधेशका पत्रकारहरुलाई हुने समस्याका बारेमा सुर्खेतमा हुने केन्द्रिय साधारण सभामा कुरा राख्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा मधेश मिडिया मिसनका अध्यक्ष तथा नवसंग्राम दैनिकका सम्पादक दिनेश्वर प्रसाद गुप्ता, महासंघ सिरहा शाखाका पूर्व उपाध्यक्ष तथा मार्गानुगामी दैनिकका सम्पादक रामबाबु यादव, वरिष्ठ पत्रकारद्वय अर्जुन थपलिया, अनिरुद्र ठाकुर, साहित्यकार अर्जुन प्रसाद गुप्ता, गोरखापत्र दैनिकका लहान सम्वाददाता जिवछ यादव उदासीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

महासंघ सिरहाका सचिव शिव दयाल यादवले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण महासंघ सिरहाका सहसचिव संजय यादवले गरेका थिए ।

photo_2022-12-17_20-21-30 photo_2022-12-17_20-21-31 (3) photo_2022-12-17_20-21-31 (2)

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A