लहान-३ मा बनाउने भनिएको डम्पिङ्गसाईटमा स्थानीयद्वारा विरोध, बनाउन नदिने सर्वसम्मत निणर्य

  • पुस ६, २०७९
  • समृद्धिपथ
alt

लहान । लहान नगरपालिकाले लहान-३ स्थित बालन खोला छेउमा रहेको सन्यासी सामुदायिक वनमा निर्माण गर्न लागेको फोहोर व्यवस्थापन तथा मानव लेदो संकलन तथा मल उद्योग निर्माण परियोजनालाई स्थानीयबासीले रोक लगाएको छ ।

आइतवार लहान ३ स्थित रहेको बस पार्कमा स्थानीयहरुको बैठकबाट डम्पिङ्गसाईट तथा फोहरमैला प्रशोधन केन्द्र परियोजना सन्यासी सामुदायिक वनमा निर्माण हुन नदिने सर्वसम्मतीले निणर्य गरेको हो ।

लहानको वडा नम्बर २, ३ र १९ मा बसोवासगर्ने नागरीकहरुको जग्गा, किसानको कार्य, मुल आयश्रोत समेत यही क्षेत्रमा रहेकोले निर्माण हुन लागेको परियोजनाबाट विभिन्न किसिमका वेक्टेरीया उत्पन्न भई मानव स्वास्थ्यमा असर गर्ने तथा विभिन्न किसिमका रोग लाग्ने भएकोले उक्त क्षेत्रमा सो परियोजना निर्माण बन्द गर्नु पर्ने माग गरेका छन् ।

डम्पिङ्ग साईडबाट आउने दुर्गन्ध र त्यसबाट हुने समस्याबाट भविष्यमा हाम्रा सन्तानहरुलाई समेत नराम्रो असर पर्ने भएकोले यस क्षेत्रमा लेदो व्यवस्थापन कार्य हुन नदिने स्थानीयहरुको भनाई रहेको छ ।

लहान ३ का रामसेवक ठाकुरले लहान ४ स्थित खुट्टी बलान छेउमा करोडभन्दा बढिको लागतमा निर्माण भएको डम्पिङगसाइटलाई व्यवस्थित गरी त्यस ठाउमा नै फोहरमैला प्रशोधन केन्द्र परियोजना संचालन गर्दा उपयुक्त हुने बताउनु भयो ।

खुटी र बलानको दोभानमा रहेको ३५ विगहा चटान मध्ये ८ विगहामा डम्पिङगसाइटको रुपमा पुर्वाधार तयार गर्न नगरपालिकामा जनप्रतिनिधि नभएको वेला सर्वदलीय सहमतिको आधारमा लहान नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत महेन्द्र खेम्याहाङगले सहमतिको आधारमा डम्पिङगसाइट निर्माण गरिएको थियो ।

त्यस पछि लहानका पूर्व मेयर मुनि साहले फोहोरको उचित वयस्थापनको लागि डम्पिङगसाइटको संचालन नै भरपर्दो विकल्प रहेको भन्दै ‘फोहरबाट मोहर’ बनाउने योजना अन्तर्गत वाटरएडको सहकार्यमा आठ करोडको लागतमा फोहोरबाट मोहर कार्यक्रम र फोहोरको उचित व्यस्थापन कार्यक्रम संचालनमा ल्याएको थियो । तर फोहरमा फोहरी राजनीति गर्नेहरुको अवरोधका कारण उक्त परियोजना निर्माण हुन सकेन ।

डम्पिङ्ग साइडको उचित व्यवस्थापन नभएका कारण अहिले लहान नगरपालिकाको फोहोर खोला किनारमा फयाक्दै आएको छ ।

photo_2022-12-21_03-28-05

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A