चिसो बढेपछि बिधार्थी उपस्थिति ह्वातै घट्यो

  • पुस १९, २०७९
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान पुस १९ गते । 

केहि दिन यता चलेको शितलहरले सामुदायिक विद्यालयहरुमा विधार्थी उपस्थिति न्यून हुन थालेको छ । 

सामुदायिक विद्यालयमा अधिकांश गरीव दलितका बालबालिकाहरु भर्ना रहेकाले न्यानो लुगाको आभावका कारण विधार्थी उपस्थिति कम हुन थालेको लहान-१८ स्थित राजदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक उधव हमालले बताउनुभयो । 

प्रत्येक वर्ष आउने शितलहरको समयमा विधार्थीको उपस्थिति कम हुने गरेको प्रअ हमालले भन्दै न्यानो लुगा हुने बालबालिकाहरु मात्रै विद्यालय आइरहेको बताउनुभयो ।

लहान नगरपालिकाको ५९ वटै सामुदायिक विद्यालयहरुमा ७५ प्रतिशतभन्दा बढी विपन्न समुदायका बालबालिकाहरु पढने गरेका छन् । 

शितलहरबाट जोगिन सिरहाका नवराजपुर गाउँपालिका र मिर्चैया नगरपालिका र सप्तरी सुरुङ्गा नगरपालिकाले जाडो बिदा दिइसकेका छन् । 

लहान नगरपालिकाले अवस्था हेरेर पाँच दिनसम्म जाडो बिदा दिन सक्ने शैक्षिक क्यालेन्डरमा उल्लेख रहेकोले यसबारे छलफल गर्न मङ्गलबार लहान नगरपालिकामा प्रअ बैठक बोलाएको शिक्षक संघ लहानका अध्यक्ष तथा श्री जनता माध्यमिक विद्यालय सोनमति गढाका प्रअ अरबिन्द कुमार दासले जानकारी दिनुभयो । 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A