शितलहरबाट जोगाउन दाउरा वितरण गरिरहेका छौ : नगरप्रमुख यादव

  • पुस २३, २०७९
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान,पुस २२ गते । 

मिर्चैया नगरपालिकाले बढ्दो शितलहरलाई ध्यानमा राखेर आगो ताप्न दाउराको प्रबन्ध मिलाएको छ ।‌

 विपत्त व्यवस्थापन समितिका संयोजक समेत रहनु भएको मिर्चैया नगरपालिका प्रमुख श्रवण कुमार यादवले आजदेखि दाउरा वितरणको कार्यलाई तीव्रता दिइएको बताउनुभयो । 

मिर्चैया नगरपालिकाको कटारी थाना चोक लगायत विपन्न दलित बस्तीहरुमा शितलहर छल्न दाउरा वितरणको कार्यलाई निरन्तरता दिइने प्रमुख यादवले जानकारी दिनुभयो । 

सिरहा जिल्लाका १७ वटै पालिकाहरुमा शितलहरबाट प्रभावित हुने बस्तीहरुमा दाउरा वितरण र अवश्यक सहयोगको लागि समन्वय भइरहेको जिल्ला समन्वय समिति सिरहाको प्रमुख दिनेश कुमार महतोले जानकारी दिनुभयो । 

शितलहरबाट जोगिन सिरहाका नबराजपुर गाउँपालिका,मिर्चैया,सिरहा र लहान नगरपालिकाले सामुदायिक विद्यालयमा जाडो बिदा समेत गरिसकेको छ ।

बाढी शितलहरको कहरमा पर्ने विपन्न दलितहरुको यकिन तथ्याङ्क र तथ्याङक अनुसारको पूर्व तयारी गर्न आवश्यक ऐनको आभाव रहेको दलित जन जनकल्याण युवा क्लवको निर्देशक बिनोद बिसुन्केले भन्दै मधेस प्रदेशको रौतहट र सप्तरीमा एक गरी पाँच जनाको मृत्यु भैसकेको बताउनुभयो ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A