जीवछ उदासी
पुस २३ गते ।
गोपाल सेवा समितिको लहानको सातौ सधारणसभा सम्पन्न भएकोछ । सम्पन्नसभसबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा गणेश यादव चुनिनु भएको छ ।
उमेरले ७० पुग्न लागेको यादव इन्जिनियर पदबाट अवकास प्राप्त गरेपछि गोपाल सेवा समितिको अध्यक्षमा दोस्रो कार्यकालको लागि चुनिनु भएको हो ।
सधारणसभामा जग्गादाता चन्दादाता र २१ हजार तिरेर आजीवन सदस्यता लिएकाहरु मात्रै साधारण सभामा भाग लिन पाउने एक कार्यकाल पदाधिकारी हुनेले मात्रै अध्यक्ष हुने विधान कार्यसमितिबाट संशोधन गरेर साधारण सदस्यहरुको सधारणसभामा सहभागी हुने प्रावधानमा रोक लगाएको हो ।
सामाजिक कार्य , जातीय उत्थान र सामाजिक विकृतिको लागि गठन भएको गोपाल सेवा समितिले अहिलेसम्म जग्गा खरिद र दुई तल्ले भवन निर्माण गर्न सफल गोपाल सेवा समितिले दाइजो विकृति मृत भोजमा कमि र अन्य जागरणको कार्य गर्न नसकेको आवाज उठेपनि यसतर्फ कुनै कार्य नभएको अधिकांश यादव समुदायले असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन ।
समितिको उपाध्यक्षमा घनेश्वर यादव प्रयागलाल यादव सचिवमा भोगेन्द्र प्रसाद यादव र कोषाध्यक्षमा राम अशिष यादव चयन भएका छन् । यसैगरी सदस्यहरुमा हेमन्त कुमार यादव ,बिभा यादव र रोदन यादव चुनिएका बालेश्वर यादवले जानकारी दिनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2023 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A