लहानमा प्रथम थारू माघी महोत्सव-२०७९ हुँदै

  • पुस ३०, २०७९
  • समृद्धिपथ
alt

लहान । सिरहाको लहान ९ गोठ टोलमा माघी पर्वको अवसरमा प्रथम थारु माघी महोत्सव २०७९ हुँदैछ । श्री लहानगोठ माघी महोत्सव मेला समितिको आयोजनामा माघ १ र २ गते लहागोठमा सो महोत्सव मनाउन लागिएको हो ।

माघी पर्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी थारु संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको मूल आयोजक समितिका संयोजक तथा लहान ९ का वडाध्यक्ष घुरल चौधरीले बताउनुभयो ।

आइतवार र सोमवार दुई दिनसम्म हुने महोत्सवको उद्घाटन लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले गर्नुहुनेछ । महोत्सवमा २९ वटा स्टल रहने आयोजकले जनाएको छ ।

महोत्सवमा थारु सांस्कृतिक झाखी प्रदर्शनसँगै, भेषभुषा, अधिकारका सवालबारे बहसका साथै महोत्सवमा थारु सांस्कृतिक झाँकी र्‍याली प्रदर्शन, सांस्कृतिक प्रश्तुती, थारु खानपिन प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला प्रदर्शन, थारु नृत्य प्रदर्शन लगायतका विभिन्न कार्यक्रमहरु रहेको मूल आयोजक समितिका संयोजक चौधरीले बताउनुभयो ।

महोत्सवमा स्थानीय तथा वाहिरका कलाकारहरुको प्रस्तुती रहने छन् । गायक मनिष चौधरी र गायीका अनुमा चौधरीसंगै विभिन्न ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती हुने उहाँले जानकारी दिनुभयो ।

महोत्सवमा थारू जातिले माघी पर्वमा खाने विशेष खानाका परिकारहरु ढिक्री, अन्डिक भात, खिचरी, तिलको लड्डु, लाईमुरी, भुजा, जाँडको झोल, दारू, केराको तरुवा, सक्खरखण्ड, मासु र परेवाको मासु परिकारका रूपमा रहने छन्।
त्यसैगरी माछा, घोङ्घी, सिधरा, आलु सिन्की, बयरको चटनी, बरिया, चामलको गुरी, काथ्या, अन्डिक, तेलपौर, झझ्रा रोटीलगायत परिकार पनि राखिने छ।

महोत्सवमा थारु समुदायको पौराणिक सांस्कृतिक नृत्य र गीत पनि प्रस्तुत हुँदैछ । मघौटा, सखिया, हुर्दगङ्वा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रङ्हवा नृत्यसहित गीत प्रस्तुत गर्ने तयारी रहेको जनाइएको छ।

माघे संक्रान्तिलाई थारु समुदायले सबैभन्दा ठूलो पर्वको रूपमा मनाउँछन् । पश्चिमा थारु समुदायले नयाँ वर्षको रूपमा मनाउने माघी पर्वलाई ठाउँअनुसार माघ, माघी, तिला संक्राइट, खिचराका नामले पनि चिनिन्छ ।

photo_2023-01-14_16-33-13 (2) photo_2023-01-14_16-33-13

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A