रोकिएन बिद्यालयमा यातना

  • माघ ४, २०७९
  • समृद्धिपथ
alt

दुर्गा परियार,

सिरहा । बाबू स्कुल जाउ नत्र सरलाई भनी दिन्छु अनि सरले पीटनु हुन्छ, बाबा मेरो होमवर्क बनाउनु छ नत्र सरले पीटनु हुन्छ । माथीका यी दुबै वाक्य प्रायः सबैको घरमा सुनिन्छ । बिद्यालय गए पछि सरले पिटनु हुन्छ ।

परम्परादेखि बिद्यालयमा बिद्यार्थीहरुलाई अनुशासनमा राख्न, डर देखाउन पढाई प्रति गम्भिर बनाउन यातना दिने, कुटपिट गर्ने गरीए पनि समय परिवर्तनसंगै बालमैत्री शिक्षण पद्धतीले बिद्यार्थीहरुलाई यातना न दिएर खेलाएर, हसाएर पढाउनु पर्ने व्यवस्था भए पनि न पिटने, गाली न गर्ने सर मिसहरुलाई बिद्यार्थीले न टेरने र अलिकती डर देखाउने शिक्षकहरुसंग बिद्यार्थीहरु डराउने र भनेको मान्ने प्रवृती रहे पनि बिद्यालयहरुमा यातना दिने प्रवती हटाउनु पर्ने राजदेवी आधारभुत बिद्यालयका प्रधानाध्यपक उद्धव हमालले बताउनु भयो ।

माउण्ट एभरेष्ट बोर्डिङ्ग स्कुलका १० कक्षामा अध्यनरत १६ वर्षीय बिद्यार्थीलाई बिद्यालयका शिक्षकले अनुशासनको नाममा कात्तिक ४ गते कुटपिट गरी यातना दिएको आरोपमा बिद्यार्थीका अभिभावकले इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दिएका थिए । कुटपिटबाट बिद्यार्थीको टाउकोमा चोट लागेको थियो तर कानूनी प्रकृया अगाडी बढाउनुको साटो बिद्यालय पक्ष र शिक्षकहरु बसी कात्तिक २४ गते छलफल गरी उपचार खर्च दिने गरी सहमती भएको थियो ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार प्रसाद मैनालीका अनुसार बिद्यालयमा बालमैत्री शिक्षण पद्धती अनुरुप पठन पाठन हुनु पर्ने हो तर पनि बिद्यार्थीहरुलाई सामान्य कुटपिट भै रहन्छ र सामान्य कुटपिटको अवस्थामा प्रहरीमा उजुरी आउदैन । गम्भिर प्रकृतीको कुटपिट तथा अंगभंग भए मात्र उजुरी आउने भएकोले त्यासता प्रकृतीका उजुरी आए कानून बमोजिम कार्वाही प्रकृया अगाडी बढाउने बताए ।

मिर्चैया नपा ५ स्थित ह्वाइट हाउस इङ्गलिस बोर्डिङ्ग स्कुलकाका शिक्षकले भदौ २७ गते सोही बिद्यालयका १० कक्षामा अध्यनरत छात्रलाई आफुले कुटपिट गरेको अन्यलाई पनि कुटपिट गर्न लगाएको आरोपमा अभिभावक तथा बिधार्थीहरुले इलाका प्रहरी कार्यालय मिर्चैयामा सोही दिन उजुरी दिए पनि यो घटनामा पनि माफी मागी उपचार खर्च तिर्ने शर्तमा प्रहरी कार्यालयमै मिलापत्र भएको थियो ।

यस्ता कतीपय बिद्यार्थी कुटपिटका घटनाहरु बाहिर नै आउदैनन । अभिभावकहरुले नै बच्चाले घरमा बदमासी गरे शिक्षकलाई भनेर कुटाइ खुवाउने बिद्यालयको रेपुटेशनको लागि बिद्यार्थीलाई अनुशासनमा राख्न यातना दिने जस्ता कुराहरु सामान्य हुन । बिद्यालयमा शिक्षकहरु कक्षा कोठामा पढाउन जादा लठी लिएर जाने र होमवर्क न गर्दा कुटपिट गर्ने जस्ता र्काृहरु सामान्य हुन । अभिभावकहरुले पनि कुन बिद्यालयमा अनुशासन छ त्यहा नै आफनो बच्चाहरु पढाउने गर्नु हुन्छ र सामान्य यातनालाई सामान्यरुपमै लिने हुनाले शिक्षकहरुको मनोबल बढेको देखिन्छ । कानूनीरुपले सजाय हुने भए र त्यसता शिक्षकहरुलाई कार्वाही भए र बिद्यालयलाई नि कार्वाही मात्र बिद्यालयमा हुने यातना बन्द हुने अधिकारकर्मी बिनोेद बिसुन्केले बताए ।

स्वास्थ्य बीमामा सहभ ...

काठमाडौं- स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक् ...

मधेश विकास नहुनुको प ...

फिरोज सिद्दिकी लहान, चैत ३० गते । उपप्रधानमन्त्री एवम् ...

आज सलहेस फूलवारी मेल ...

लहान, बैशाख १ गते । सलहेस फूलवारी मेला भर्न आएका भक्तजन ...

युथ मुस्लिम वेल फेवर ...

फिरोज सिद्दिकी  लहान। युथ मुस्लिम वेल्फेयर सोसाइट ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A