'प्रचण्ड काँग्रेस मोहमा फस्नु हुँदैन '

  • माघ २१, २०७९
  • समृद्धिपथ
alt

जीवछ उदासी 

२०७९ को निर्वाचन परिणामले कुनै दलको बहुमत आएन । २०७४ सालको निर्वाचनभन्दा फरक परिणाम आयो । हरेक निर्वाचनपछि परिणाम फरक हुनु पनि स्वभाविक हुन्छ । पाँच वर्षमा दलहरुले गरेका राम्रा नराम्रा कामको फेरिस्तको आधारमा जनताले मतदान गरेका हुन्छ । २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बनाएको बाम गठबन्धनलाई मतदाताहरुले असाध्यै मन पराएका थिए‌ । दुबै दलहरु मिलेर झण्डै दुई तिहाई संख्या सदनमा पुर्याएको थियो । सधैं सत्ताको वरिपरि रहने नेपाली काँग्रेसलाई रक्षात्मक अवस्थामा पुर्याएको थियो । पछि नेकपा एमाले र माओवादीहरु एकिकरण भएर नेकपा बनेको थियो । वाम ध्रुविकरणको लागि अनुकूल वातावरण तयार हुँदा वाम समर्थक जनताहरुमा निकै उत्साह देखिएको थियो । एकताको समर्थनमा देशैभरी दिपावली पनि गरेर खुसयाली मनाएका थिए । वाम एकता धेरै वर्ष नटिक्दै भत्कियो ।भत्किएपछि रक्षात्मक अवस्थामा पुगेको काँग्रेस सभापति देउवालाई बलियो बनाउन नेकपा माओवादी केन्द्र र एमालेबाट फुटेर बनेको नेकपा एमिकृत समाजवादीका नेताहरु प्रचण्ड र माधव नेपालको ठूलो भूमिका रहयो । नेकपा फुटनुको कारण सैद्यान्तिक मतभेदभन्दा पदीय भागवण्डा र आपसी विश्वास नहुनु नै प्रमुख कारण बन्यो । तत्कालिन प्रम केपी ओलीले संसद विघटन गरेपछि देउवाले सुनौलो अवसर मात्रै होइन,नसोचेको फाइदा हुन पुग्यो । केपी ओलीले संसद विघटन गर्नुपर्दैन्थयो । प्रचण्ड र नेपालले पनि काँग्रेसको शरणमा जानु हुँदैन्थो । तिनै शिर्ष नेताहरुको कमि कमजोरी रहयो ! यहि कमजोरीको कारण देश र जनताले ठूलो‌ क्षति व्यहोरेको कुरा घाम जस्तै छर्लङ्ग भैसकेको छ । वाम एकताको लागि सृजना भएको प्रतिकूलता फेरि अनुकूलतामा बदलिने अवसर यतिवेला जुरेको छ ।‌ 

 प्रतिनिधिसभा र प्रदेशसभाको सम्पन्न निर्वाचन परिणामले कसैको बहुमत नआएपनि काँग्रेस ठूलो पार्टीको रुपमा स्थापित भयो । कुनै पार्टीको बहुमत नआउनुको कारण अप्राकृतिक गठबन्धन नै रहयो । नेकपा माओवादी र काँग्रेसको गठबन्धनमा माओवादीलाई निकै घाटा पनि लाग्यो । माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा स्वीकार गर्न नसकिने शेर बहादुर देउवाले जवाफ फर्काए लगतै नेकपा एमाले अध्यक्ष केपी ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार हुनुभयो । तदअनुरुप नै अहिले प्रचण्ड प्रधानमन्त्री हुनुभयो । शेर वहादुर देउवा ठूलो दलको नेताको हैसियतले सरकार गठन गरी तीस दिनमा वहुमत प्राप्त गरी माओवादीलाई किनारा लगाउने रणनीति थियो‌ । काँग्रेसको यो चाल पाएर ओली -प्रचण्डबीच जुन सरकार बनाउने सहमति बालकोटमा सफल भयो । यस कदमको पनि नेपाली जनताले बाम समर्थकहरुले दिल खोलेरै स्वागत र समर्थन गरेका छन् । प्रचण्ड ओलीको बीचमा मन माजिएको एकता हुनुपर्छ । यी दुई नेताको एकताले समग्र बाम एकता हुने भएकोले यस एकतामा कुनै दरार आउनु हुँदैन । 

काँग्रेसले बाम एकता टुटाउन काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिएर खेलिरहेको छ । आफूलाई प्रजातान्त्रिकधारको बताउने र संसदीय व्यवस्थाको हिमायती कहलाउने नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षी दलको भूमिका खेल्नुपर्दथ्यो । तर ,त्यस्तो भूमिका नखेली एमाले माओवादी एकता तुहाउन प्रचण्डलाई अलग गराउन चाल चलिरहेको छ । यो चाल दुबै नेताद्वयले समयमा नै बुझ्न जरुरी छ । दुई दशक नेपाली काँग्रेसले सरकारको नेतृत्व गरयो तर देशको समृद्धि भएन । अब दबामपन्थीको नेतृत्वमा सरकार चल्नुपर्ने आम नेपाली जनताको चाहना रहेकोले प्रचणड भावुक भएर काँग्रेसको शब्दजाल र भ्रम जालमा किमार्थ पर्नु हुँदैन । प्रचण्ड-ओली बीचमा भएको सहमति अनुसार शक्ति बाँडफाँटको लागि भएको सहमति पालना इमानदारीपूर्वक पालना गर्नुपर्छ । राष्ट्रिय सहमतिको शब्दको उच्चारण गरेर काँग्रेस राष्ट्रपति हातपार्ने दाउमा रहेको छ । काँग्रेसको विकल्प कम्युनिष्ट, कम्युनिष्टको विकल्प काँग्रेस हुनुपर्छ । नेपालको परिवेसमा यहि नै लोकतान्त्रिक अभ्यास हो र यहि हुनुपनि पर्छ । 

सतारुढ गठबन्धनमा खटपट भइरहेको समाचार मिडियाहरुमा प्रकाशित भइरहेको छ । खास गरेर राष्ट्रिय स्वतन्त्र पार्टीको फाँटमा परेको गृह मन्त्रालयलाई लिएर पनि मनमुटाव सुरु भएको हो । रास्वपाका अध्यक्ष रवि लामिछाने बाहेक अरु जो सुकै सांसद पठाउन त्यो रास्वपाको मामिला हो । यसमा पनि प्रम प्रचण्ड अलमलमा पर्नु हुँदैन । सरकारमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा पनि रहने गणतन्त्र र संघीयताको विरोध गर्ने गतिविधि नियणन्त्रित हुनैपर्छ । एमाले अध्यक्ष केपी ओलीले पछि धोका देला कि भने संशय प्रचण्डलाई भइरहेको छ । यो संशयलाई विश्वासमा बदलिन विश्वासिलो वातावरण बनाउन ओलीले पनि भूमिका खेल्न जरुरी छ । एक आध वर्षको लागि मात्रै मिलेको हो भने त जताबाट सुरक्षित महसुस हुन्छ,उतै जाँदा पनि भयो । बाम एकता गरी मुलुकको विकास निकास दिन समाजवादको बाटोमा अघि बढ्ने उद्येश्यले जाने सोचमा हो भने साझा बामपन्थी अनुहारलाई पनि राष्ट्रपतिको रुपमा अघि सार्ने गरी मध्यमार्गी बाटो निकाल्न पनि तयार हुनुपर्छ । 

बामपन्थी एकता नै आवश्यक्ता भएकोले काँग्रेस मोहमा एमाले र माओवादी लगसयत कुनैपनि कम्युनिष्टहरु काँग्रेसले विछाएको जालमा फस्नु हुँदैन । कम्युनिष्टहरु एक ठाउँमा आउँदा विदेशीहरुको टाउको दुखाई बढ्छ भने काँग्रेसलाई शीरदर्द बढ्ने गर्छ । यहि डिजाइन अन्तर्गत एमाले माओवादीलाई एक हुन नदिन काँग्रेस अहिले प्रतिपक्षको भझमिका छाडेर सहमतिको शब्दजाल रचिरहेको कुरा प्रचण्ड र ओलीले त गम्भीरतापूर्वक बुझ्नैपर्छ । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल समेत सहि पथमा र एकताको रथमा सबार हुन चुक्नु हुँदैन ।

 

 

 

 

लोकतन्त्रमा लोकको कल ...

धर्मेन्द्र झा काठमाडौँ, ११ वैशाख : सम्पूर्ण देशवासीका ...

कतारका अमिरको स्वागत ...

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद अल थ ...

औषधिमा प्रयोग हुने क ...

मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प ...

कतारी अमिरको नेपाल भ ...

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल था ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A