लायन्स क्लबद्वारा ४७० विरामीको नि:शुल्क जाँच

  • माघ २५, २०७९
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,माघ २५ गते । 

लायन्स क्लव अफ लहान फूलवारीले ४७० जना ग्रमीण भेगमा स्वास्थय शिविर संचालन गरेर विपन्न दलित समुदायको स्वास्थय जाँच गरेको छ । 

 २०७९ माघ ९ गते सखुवानन्कारकटि -१ मौवाही र माघ २५ गते लहान नगरपालिका वडा नम्बर -२४ गपबिन्दपुरमा सञ्चालन गरेको शिविरमा मधुमेह र रक्तचाप विरामीको जाँच सहित युएसबी कम्पनिको सहयोगमा औषधि समेत वितरण गरिएको क्लवका उपाध्यक्ष शङ्कर प्रसाद गुप्ताले जानकारी गराउनुभयो ।

उपचारमा संलग्नद्वय चिकित्सक शिशिर यादव र रितेश गिरीको अनुसार सखुवानन्कारकटि -१ मा २६५ र लहान -२४ मा २०५ विरामीको उपचार गर्दा अधिकांशमा मधुमेह र रक्तचापको समस्या देखियो । विरामीहरुलाई समयमा उपचार खानपिन र व्यामबारे सल्लाह दिएको उहाँहरुले बताउनुभयो । 

क्लवले शिविर सञ्चालन गरेर ठूलो उपकार गरेको सखुवानन्कारकटि गाउँपालिका अध्यक्ष केदारनाथ यादव र लहान वडा नम्बर २४ का वडाध्यक्ष रास लाल रायले धन्यवाद ज्ञापन गर्नुभयो । 

लायन्स क्लव अफ फूलवारी गठन भएको दुई वर्षमा वातावरण,भोकालाई सहयोग,क्यान्सर,सुगर र आँखा सम्बन्धी कार्य गरिरहेको क्लवका अध्यक्ष राकेश झाले जानकारी गराउनुभयो । 

 

 

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A