'राहत शिक्षकहरु ६० वर्षसम्म काम गर्न पाउनुपर्छ'

  • माघ २७, २०७९
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,माघ २७ गते । 

नेपाल राहत शिक्षक समिति मधेश प्रदेशका अध्यक्ष गङ्गा प्रसाद यादवले राहत शिक्षकहरु ६० वर्षसम्म काम गर्न पाउनुपर्ने र अवकासपछि योगदानमा आधारित सामाजिक सुरक्षा पाउनुपर्ने बताउनु भएको छ ।

नेपाल राहत शिक्षक सिरहाको तेस्रो जिल्ला अधिवेशनलाई गोलबजारमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । 

कति राहत शिक्षकलाई अवकास हुनै बोला भयो तर खाली हात जानुपर्ने अवस्था छ । संघर्ष नगरी उपलब्धी नहुने भएकोले शक्ति संचय गर्न संगठनमा जोड दिनुपर्ने उहाँले जोड दिनुभयो । 

कार्यक्रममा केस दोस्त बहादुर भट्टराई,मधेश प्रदेशका उपाध्यक्ष राम उदगार यादव कोषाध्यक्ष फुलेश्वर यादव, राष्ट्रिय शिक्षक संगठनका जीवछ यादव लगायतका शिक्षक नेताहरुले सम्बोधन गर्नु भएको थियो‌। कार्यक्रममको उद्घाटन सत्रको अध्यक्षता जिल्ला अध्यक्ष शिव शङ्कर कामतीले गर्नु भएको थियो‌ । 

 

 

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A