राहत शिक्षकको जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा किसुन देव यादव चयन

  • माघ २९, २०७९
  • समृद्धिपथ
alt

 

जीवछ यादव 

लहान,माघ २९ गते । 

नेपाल राहत शिक्षक समिति सिरहाको तेस्रो जिल्ला अधिवेशनबाट ३५ सदस्यीय जिल्ला समिति चयन गरी सम्पन्न भएको छ । किसुन देव यादवको अध्यक्षपदमा चयन हुनु भएको हो । 

समितिको अन्य पदाधिकारीहरुमा क्रमश: सह अध्यक्षमा मनोज कुमार मण्डल,वरिष्ट उपाध्यक्ष प्रदिप महतो,महिला उपाध्यक्ष रन्जु परियार,पुरुष उपाध्यक्षहरुमा महेश्वर यादव,सञ्जीव कुमार सिंह,सचिवमा महेन्द्र मुखिया,सह सचिवमा ममता महतो, कोषाध्यक्षमा कौशल्या चौधरी र सह कोषाध्यक्षमा अर्चना यादव चयन हुनु भएका छन् । 

 यससैगरी सदस्यहरुमा क्रमश: देवी कुमारी यादव,राम भजन महतो,बिनोद राउत,प्रमोद कुमार यादव,यादव कुमारी श्रेष्ठ,विनिता कुमारी यादव,प्रकाश सिंह,नागेन्द्र यादव र छेदी राम चयन हुनु भएका छन् । 

समिति चयनको लागि गठित अध्यक्ष मण्डलका सदस्य तथा पुर्व सिरहा जिल्ला अध्यक्ष शिव शङ्कर कामतीका अनुसार सर्वसम्मतिले चयन जिल्ला कमिटिमा १८ खुल्ला र १७ वटा पालिका अध्यक्षहरु गरी ३५ सदस्यीय जिल्ला कमिटि गठन गरिएको हो । '

सम्पूर्ण राहत शिक्षकहरु एक हौ' मूल नाराका साथ २७ गते शुक्रबार गोलबजार नगरपालिकाको पञ्चयुग प्यालेसमा तेस्रो अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनलाई सफल बनाउन मधेश प्रदेशको अध्यक्ष गङ्गा प्रसाद यादव प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशिष्ट अतिथि के स दोस्त बहादुर भट्टराई हुनुहुन्थ्यो।

 

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A