जीवछ उदासी
लहान,माघ २९ गते ।
गोलबजार नगरपालिका प्रमुख श्याम श्रेष्ठले व्यपार व्यवसायमा देखिएको विकृति अन्तय हुनुपर्ने बताउनु भएको छ ।गोलबजार व्यापार संघको छैठौ साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
व्यापारले लिएको गतिले गोलबजारको समृद्धिमा सहयोग पुगेको नगरप्रमुख श्रेष्ठले भन्दै व्यापार व्यवसायमा देखिएको अस्वस्थ्य प्रतिस्पर्धाले उपभोक्ता मारमा पर्न सक्ने औल्याउनुभयो ।
उहाँले थप्नुभयो,'किसानहरुले उत्पादन गरेको तरकारी बजार,हार्डवेयर,सुनचाँदी,कपडा पसल र दिनदेखि नुनसम्म पाउने हरेक व्यापारको संरक्षण गर्न व्यापारीहरुले पाइरहेको सास्ती र समस्यालाई समेत समाधान गर्न नगरपालिका तयार छ ।'
व्यापार व्यवसाय सञ्चालन गर्दा मूल्य सूचि ,शुद्ध समान खरिद विक्री उपभोक्ताहरुको मा असर पर्ने अखाद्य बस्तुहरु मिश्रण गर्ने कार्य। नगर्न समेत नगरप्रमुख श्रेष्ठले आग्रह गर्नुभयो ।
सडकमा लागि रहेको कृषि हाटबजार व्यवस्थापनको लागि नगरपालिकाले खोजीरहेको उपायमा सबैबाट सहयोग भए मात्रै सफल हुने भएकोले व्यपारसंघले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A