शान्ति सुरक्षाको लागि सरकार कटिबद्ध: मन्त्री सिंह

  • फागुन ६, २०७९
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,फागुन ६ गते । 

मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधन प्रसाद सिंहले मधेशको समृद्धि र विकासको लागि शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताउनु भएको छ । लहान- २ मा गणपति जनकल्याण सेवा समितिको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । 

मन्त्री सिंहले भन्नुभयो,' मधेश प्रदेशमा समृद्धि ल्याउन सरकारले हरेक कार्यलाई योजनावद्ध रुपमा लागि गर्न गृहकार्यमा लागेको छ । प्रदेशमा बढ्दो महिला हिंसा,लागु पदार्थको सेवन नियणत्रण गर्न गृह मन्त्रालय व्यावहारमै काम देखिने गरी तयारीमा छ ।'

 कार्यक्रममा धनगढीमाई नगरपालिका प्रमुख शिव शङ्कर महतोले सामाजिक जागरणको लागि गणपति जनकल्याण सेवाले नमूना काम गरेर स्वर्गीय गणपति महतोको सपना साकार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य राम नारायण मेहता लगायत स्थानीय सहभागीहरुलाई गम्छा ओढाएर सम्मानित गरेको थियो भने प्रमुख अतिथि र विशिष्ट अतिथिहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । शिवरात्रीको दिन परेकोले गणपति कलशयात्रा समेत गरेको थियो । 

 

 

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A