शिक्षा ऐन चाँडो आउनुपर्छ: पुर्व कानूनमन्त्री नायक

  • फागुन ७, २०७९
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान फागुन ७ गते । 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिरहा इन्चार्ज अजय शङ्कर नायकले परिवर्तित अवस्थामा शिक्षा क्षेत्रमा देखिएको तमाम समस्याहरु समाधानको लागि शिक्षा संघीय ऐन आउन आवश्यक रहेको बताउनु भएको छ । 

'सम्पूर्ण मुक्तिकामी शिक्षक /कर्मचारीहरु एक होऔ' मूल नाराको साथ सुरु भएको एकिकृत अखिल नेपाल शिक्षक संगठन सिरहाको पाँचौ सिरहा जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । 

अहिलेसम्म शिक्षा ऐन बन नसक्नु दुर्भाग्य भएको उहाँले भन्दै लोकतान्त्रिक गणतन्त्र र संघीयताको संस्थागत गर्न र परिवर्तनको अनुभूति गराउन एकिकृत अखिल शिक्षक संगठनले शिक्षामा आमूल परिवर्तन को नेतृत्व गर्नुपर्ने इन्चार्ज नायकले बताउनुभयो । 

 नेकपा माओवादी केन्द्रका अर्का केन्द्रीय सदस्य हरि नारायण चौधरीले सामुदायिक विद्यालयको सुधारमात्रै होइन,गुणात्मक परिवर्तनको लागि एकिकृत शिक्षक संगठनका शिक्षकहरु उदाहरणीय कार्य आफैबाट सुरु गर्नुपर्ने तर्क गर्नुभयो । 

 कार्यक्रममा माओवादी पार्टी कमजोर भएमा एकिकृत शिक्षकको संगठनमा पनि असर पर्ने भएकोले विचार सिद्धान्त र व्यवहारमा एकरुपता हुनुपर्ने अर्का केन्द्रीय सदस्य दिलिप साहले धारणा व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेपाल राहत केन्द्रीय कमिटि सचिव शिवशङ्कर कामती,पुर्व अध्यक्ष राम पुकार राय,केन्द्रिय पुवाध्यक्ष योगेश्वर राउत ,राहत विभागका प्रदेश अध्यक्ष गुलाव यादव लगायतका शिक्षक प्रतिनिधिहरुले शुभकामना व्यक्त गर्नु भयो ।रामपुकार राय,अरुण झा,विजय कुमार यादव र योगेश्वर राउतलाई दोसल्ला ओढाएर समान गरिएको थियो । 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A