मिर्चैया- कल्याणपुर सडकमा मनि ट्रान्सफरका लागि लगिँदै गरेको ९ लाख रुपैयाँ दिनदहाडै लुटियो

  • फागुन १०, २०७९
  • समृद्धिपथ
alt

बुधबार, १० फागुन २०७९

सिहरा । सिरहामा प्रहरीको सुरक्षामा मनि ट्रान्सफरका लागि लगिँदै गरेको ९ लाख रुपैयाँ दिनदहाडै लुटिएको छ । मिर्चैया- कल्याणपुर सडक खण्डमा पार्ने कटहा पुल नजिकैबाट लुटेरा ९ लाख रुपैयाँ लिएर फरार भएका हुन् ।

लुटेरालाई खोज्न अहिले जिल्लाका हरेक सडक र नाकामा प्रहरी परिचालन गरिएको छ । ज.६ प.४२५६ नम्बरको मोटरसाइकलमा राजाराम सव मनि ट्रान्सफर कल्याणपुरका कर्मचारीले मिर्चैयाबाट ९ लाख रुपैयाँ लैजाने क्रममा लुटपाट भएको प्रहरीको भनाई छ ।

मोटरसाइकलमा आएका लुटेराले रकमसहित प्रहरीको हतियार समेत लुटेको स्रोतले जनाएको छ । सिरहाका प्रहरी प्रवक्ता डिएसपी नरेशराज पाण्डेले रकम लुटेको पुष्टि गरे । उनले थप विवरणका आउन बाँकी रहेको बताए । इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी हरिकृष्ण केसीले पनि मनि ट्रान्सफरका लागि कल्याणपुर लगिँदै गरेको ९ लाख रुपैयाँ लुटिएको बताए । केसीले अहिले लुटेराको खोजतलास जारी रहेकाले थप विवरण पछि दिन सकिने बताए ।

यसअघि २०७४ साल पुसमा पनि सोही सडक खण्डमा लुटेराहरुको समूहले मनिट्रान्सफर सञ्चालकको साथबाट २५ लाख ६० लाख रुपैयाँ लुटेर फरार भएका थिए । फरार लुटेरालाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

- रातोपाटीबाट

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A