मिर्चैया- कल्याणपुर सडकमा मनि ट्रान्सफरका लागि लगिँदै गरेको ९ लाख रुपैयाँ दिनदहाडै लुटियो

  • फाल्गुन १०, २०७९
  • समृद्धिपथ
alt

बुधबार, १० फागुन २०७९

सिहरा । सिरहामा प्रहरीको सुरक्षामा मनि ट्रान्सफरका लागि लगिँदै गरेको ९ लाख रुपैयाँ दिनदहाडै लुटिएको छ । मिर्चैया- कल्याणपुर सडक खण्डमा पार्ने कटहा पुल नजिकैबाट लुटेरा ९ लाख रुपैयाँ लिएर फरार भएका हुन् ।

लुटेरालाई खोज्न अहिले जिल्लाका हरेक सडक र नाकामा प्रहरी परिचालन गरिएको छ । ज.६ प.४२५६ नम्बरको मोटरसाइकलमा राजाराम सव मनि ट्रान्सफर कल्याणपुरका कर्मचारीले मिर्चैयाबाट ९ लाख रुपैयाँ लैजाने क्रममा लुटपाट भएको प्रहरीको भनाई छ ।

मोटरसाइकलमा आएका लुटेराले रकमसहित प्रहरीको हतियार समेत लुटेको स्रोतले जनाएको छ । सिरहाका प्रहरी प्रवक्ता डिएसपी नरेशराज पाण्डेले रकम लुटेको पुष्टि गरे । उनले थप विवरणका आउन बाँकी रहेको बताए । इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी हरिकृष्ण केसीले पनि मनि ट्रान्सफरका लागि कल्याणपुर लगिँदै गरेको ९ लाख रुपैयाँ लुटिएको बताए । केसीले अहिले लुटेराको खोजतलास जारी रहेकाले थप विवरण पछि दिन सकिने बताए ।

यसअघि २०७४ साल पुसमा पनि सोही सडक खण्डमा लुटेराहरुको समूहले मनिट्रान्सफर सञ्चालकको साथबाट २५ लाख ६० लाख रुपैयाँ लुटेर फरार भएका थिए । फरार लुटेरालाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

- रातोपाटीबाट

लहान एक्स्पो मधेश प् ...

फिरोज सिद्दिकी लहान । सिरहाको लहानमा चैत ३० गतेदेखि सु ...

स्वास्थ्य बीमामा सहभ ...

काठमाडौं- स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक् ...

मधेश विकास नहुनुको प ...

फिरोज सिद्दिकी लहान, चैत ३० गते । उपप्रधानमन्त्री एवम् ...

आज सलहेस फूलवारी मेल ...

लहान, बैशाख १ गते । सलहेस फूलवारी मेला भर्न आएका भक्तजन ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A