राहत शिक्षकद्वारा होली मिलन र प्रमाणपत्र वितरण कार्य सम्पन्न

  • फागुन १९, २०७९
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

नेपाल शिक्षक समिति सिरहाले होली मिलन र कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण कार्य सम्पन्न भएको छ । 

लहान स्थित पशुपति आदर्श माविको दक्षिणपटिको सभा हलमा कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सचिव शिवशङ्कर कामतीले ६० वर्षसम्म राहत शिक्षकलाई काम गर्न दिनुपर्ने र जागीरबाट अवकास भएपछि योगदानमा आधारित पेनसनको व्यवस्थाको लागि राहत शिक्षकको संघर्ष जारी रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो,' राहत शिक्षकको योगदानलाई राज्यले वेवास्ता गरे कडा र निर्णायक आन्दोलन हुनेछ । राहत शिक्षकले सामुदायिक विद्यालयको सुधारको लागि प्रतिवद्ध हुनुपर्छ ।' 

केन्द्रिय सदस्य दोस्त बहादुर भट्टराइले राहत शिक्षकहरुले प्रधानाध्यापक रहेको विद्यालयहरुमा शैक्षिक प्रगति भइरहेको दाबी गर्नुभयो । उहाँले थप्नुभयो,' राहत शिक्षकहरुले न्याय पाएपछि मात्रै खुसीको रङग अबिर खेलेर होली मनाउने दिन आउनेछ ।' 

 'राहत शिक्षकहरु संघर्ष गरेरै माग पुरा गराउनुपर्छ । संगठन निर्माण र शैक्षिक सुधारको लागि लागि रहनुपर्छ' ,मधेश प्रदेशका महासचिव दिलिप महतोले भन्नुभयो।

 जिल्ला कमिटिको पदािकारी सदस्यहरुलाई खादा ओढाइ सम्मान गर्दै प्रमाण प्रमुख अतिथि र विशिष्ट अतिथिले वितरण गर्नु भएको थियो । कार्यक्रम जिल्ला अध्यक्ष किसुन देव यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।‌

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A