तीसवर्षपछि रामकृष्णले रच्यो इतिहास

  • चैत ८, २०७९
  • समृद्धिपथ
alt

जीवछ उदासी
चैत ८ गते

लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पस लहानको सम्पन्न स्ववियु निर्वाचनमा रामकृष्ण यादवले तीसवर्षपछि थारु समुदाय बाहेकको पहिलो  स्ववियु सभापति निर्वाचित भइ नयाँ इतिहास रच्नु भएको छ ।

२०४९ सालमा पहिलोपट स्ववियस निर्वाचन हुँदा नेपाल विधार्थी संघबाट संस्थापक सभापति महेशप्रसाद चौधरी हुनु भएको थियो । उहाँपछि लगातार तारणी प्रसाद चौधरी, सचितानन्द चौधरी, गाौरी नारायण चौधरी, दिपेन्द्र प्रसाद चौधरी र अशोक कुमार चौधरी स्ववियु सभापति हुनुभएको थियो ।

चैत ५ गतेको स्ववियु निर्वाचनको लागि नेपाल विधार्थी संघबाट सभापतिमा राम कृष्ण यादव, तीन विधार्थी संगठनहरु अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र समाजवादी विधार्थीहरुको गठबन्धनबाट चन्द्रकला बछार (थारु) बीच भएको प्रतिस्पर्धामा यादवले ११४ मतको फराकिलो अन्तरमा जीत निकाल्न सफल हुनुभयो ।

यसैगरी नेपाल विधार्थी सँघबाटै सचिवमा महेश प्रसाद साह, कोषाध्यक्षमा मनिष कुमार चौधरी, सदस्यहरुमा सुस्मिता विश्वकर्मा, रोहित कुमार राउत, एसियन किराँती राइ, यस चौधरी, दिनेश कुमार महतो र सुरेन्द्र विजयी हुनुभयो ।

तीस वर्षको स्ववियु इतिहासमा नेपाल विधार्थी संघबाट हाल लहान नगरपालिकाको नगरप्रमुख महेश प्रसाद चौधरी संस्थापक स्ववियु सभापति हुनुभएको थियो । उहाँपछि गौरी नारायण चौधरी, अशोक कुमार चौधरी र राम कृष्ण यादव जित निकाल्नुभयो भने अनेरास्ववियुबाट तारणी प्रसाद चौधरी, सचितानन्द चौधरी र दुई कार्यकाल दिपेन्द्र प्रसाद चौधरी निर्वाचित हुनु भएको थियो । दोस्रो पटकको स्ववियु निर्वाचनमा तारणी प्रसाद चौधरीसँग नेविसंघबाटै बद्री नायाण यादव उम्मेदबार हुँदा नरामी्र पराजय भोगेपछि त्यस क्याम्पसमा थारु बाहेकको स्ववियु सभापति हुन सकिरहेको थिएन ।

हरेक पटकको निर्वाचनमा थारु समुदायले मात्रै स्ववियु सभापति हुने गरेकोले उत्पन्न जातीय आरोपलाई चिर्न समेत यस पटक यादव समुदायबाट उम्मेदबार उठाएर सबै समुदायको विधार्थीहरुले मतदान गरेर जिताएकोमा यसले राम्रो सन्देस दिएको नेपाल विधार्थी संघ पसिरहाका अध्यक्ष पप्पु कुमार यादवले बताउनुभयो ।

स्ववियु सभापतिमा जित हात पारेका राम कृणण यादवले भन्नुभयो, ‘सभापतिको उम्मेदबारको लागि उम्मेदबारी दिनु नै पहिलो जित थियो । चुनाव जित्नु मेरो लागि ऐतिहासिक जित नै भयो । मलाई थारु समुदायका विधार्थीहरुले यसपटक समेत मतदान गरेर हौस्याउने काम गरेकोले लहान क्याम्पसको शैक्षिक सुधार गरेर सिरहा सप्तरी जिल्लाबाट उच्च शिक्षाको लागि बाहिर जाने बाध्यताको सधैंको लागि अन्तय गर्न पहले गर्नेछु ।’

सिरहामा रहेको सत्यनारायण सुर्य नारायण मोरबैता क्याम्पसमा पनि पहिलोपटक विधार्थी जनमत सङघले चुनाव जितेर अनेरास्वयिु र नेपाल विधार्थी सङघको गढलाई भत्काएर नयाँ इतिहास रच्न सफल भएको छ ।

सिरहा सदरमुकाममा रहेको यस क्याम्पसमा उदयपुर, वखलढुङगा, खोटाङग, भोजपुर, धनुषा, महोत्तरी र सुनसरी सम्मका विधार्थीहरु शिक्षा सङकाय पढन आउँथ्यो । छात्रावासमा सयौ विधार्थी रहेर विहानदेखि वेलुकासम्म कक्षा चलिरहने गर्दथ्यो । केहि वर्ष यता प्रध्यापकहरु हाजिर गरेर तलव मात्रै खाने कक्षासम्म सञ्चालन नभइरहेको सिरहा क्याम्पसको पुरानो शैक्षिक इतिहास फर्काउन पहल थालेर नयाँ इतिहास बनाउन लाग्ने निर्वाचित स्ववियु सभापति दिपेन्द्र कुमार यादवले प्रतिक्रिया दिनुभयो ।

यता गोलबजार स्थित रामप्रताप तामाङग बहुमुखी क्याम्पसमा सञ्चालक समिति नै नभएकोले चुनावी प्रक्रिया अघि बढेको छैन ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A