गोलबजार नगरप्रमुख श्रेष्ठमाथि भएको दुव्र्यवहार अमानविय, दोषीमाथि कारवाहीको माग

  • चैत १५, २०७९
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठमाथि नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरु गरेको दुव्र्यवहार प्रति गोलबजार नगरपालिकालगायत विभिन्न संघसंस्थाहरुले दोषीमाथि कारवाहीको माग गरेका छन् ।

मानवअधिकार एलाइन्स सिरहा, लहान नगरपालिका लहान, अनेरास्ववियू सिरहा र गोलबजार नगरपालिका सम्पूणर् कर्मचारी परिवारले छुट्टाछुट्टै प्रेस विज्ञप्ती जारी गरी त्यस्ता निन्दनीय कार्य प्रति घोर भत्र्सना गर्दै कारवाहीको काम गरेका हुन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै गोलबजार नगरप्रमुख श्रेष्ठले नगरपालिकामा भएको उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषी माथि कानूनी रुपमा कडा कारवाही गर्न माग गर्दै यस घटनाबाट उत्पन्न परिणाम प्रति सरोकारवालाहरु नै जिम्मेवार हुने चेतावानी समेत दिएका छन् ।

photo_2023-03-29_14-52-47

मंगलवार नरहा गाउँपालिका ४ बस्ने साधुशरण महरालगायतका दुई जना उछृङ्खल व्यक्तिले नगरप्रमुख श्रेष्ठलाई मोबिल (तेल) छयाप्दै अमानवीय, कायरपूणर् र अवाञ्छित कार्य गरेको थियो । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का पर्चा दिदै अल्मलाएका महरालाई स्थानीयहरुले समातेर प्रहरीलाई बुझाएका छन् भने अर्को फरार रहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का पर्चामा उल्लेख भएका कुराहरु कपोकल्पित भ्रामक, झुठा र निराधार रहेको गोलबजार नगरपालिका प्रमुख श्रेष्ठले पत्रकार सम्मेलमा प्रष्ट पानुभयो ।

तथाकथित जनकार्यवाहीका नाममा गरिएको मानव अधिकार विरुद्ध हुनेगरी भएको कार्य निन्दनीय र घोर आपत्तिजनक छ । नगर प्रमुख उपर लगाइएका आरोपहरु पुष्टि गर्न नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का जिम्मेवार नेतृत्व पक्षलाई चुनौती दिन चाहन्छौं पत्रकार सम्मेल पश्चात जारी विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा यस्ता घटनाले जनताको अभिमतबाट निर्वाचित जनप्रतिनिधिहरुलाई स्वच्छ र निष्पक्ष रुपमा काम गर्न र आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्ने कुरामा कठिनाई र अवरोध उत्पन्न हुने भएकोले उक्त दुःखद घटनाको सत्यतथ्य छानबिन गरी दोषी पत्ता लगाई कानूनी रुपमा कडा कारवाही गर्न माग गरिएको छ ।

bigy

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A