सिरहा, २ वैशाख । सिरहाको गोलबजार नगरपालिका–१ लमाडाँडामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
शुक्रबार राति नाच हेर्न गएका बेला हात्तीले आक्रमण गर्दा गोलबजार–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको मृत्यु भएको हो ।
हात्तीले लखेट्दा भाग्न नसकेका आलेमगरको मृत्यु भयो भने अन्य साथीहरुले भागेर ज्यान जोगाएका प्रहरीले जनाएको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A