जीवछ उदासी
लहान–३ मा टाँसिएरै रहेको सगरमाथा चौधरी आँखा अस्पताल अन्तराष्ट्रिय स्तरको ख्याति कमाउन सफल भएको छ भने प्रादेशिक अस्पताल लहान कमाएको साँख पनि गुमाउने अवस्थामा पुगेको टिकटिप्पणीले लहानमा गति लिएको छ । लहान अस्पतालकै एक कोठाबाट उपचार गर्न पुगेको आँखा अस्पताल सात विगहामा विस्तार भएर दिनहुँ दुई हजारलाई सेवा दिन सफल भइरहेको अवस्थामा प्रादेशिक अस्पताल लहानमा आउने विरामीहरु रेफर भएर बाहिर जान बाध्य भइरहेका छन्
सन् २०२२ मा सगरमाथा चौधरी आँखा अस्पताल लहानले आँखा र कान गरी छ लाख सरसठी हजार ०३३ बिरामीको उपचार र आँखा र कान गरी त्रिसठी हजार २२३ बिरामीहरुको शल्यक्रिया गरेको छ । प्रादेशिक अस्पतालमा उपचार गराउन जाने विरामीहरुको साधारण उपचार नगरी धरान विराटनगर वा नजिकको अस्पताल र क्लिनिकहरुमा रेफर गर्ने अस्पतालको रुपमा चिनिन थालेको छ ।
आँखा अस्पताल लहानका वरिष्ट प्रबन्धक अभिषेक रोशनका अनुसार सन २०२२ मा आँख जाँच तथा उपचार पाँच लाख सन्ताउन्न हजार ६६३ र शल्यक्रिया साठी हजार ८०८ कानको विरामीको जाँच उपचार एक लाख नौ हजार ३७१ र शल्यक्रिया दुई हजार ४१५ रहेको छ । आँखाका जटिल प्रकृतिका विरामीहरुको उपचार गरेर नेपाल र भारत दुई देशमा प्रख्यात रहेको यस अस्पतालले चालिस वर्षमा आफ्नै श्रोबाट चौबन्न करोडको लागतमा विरामीहरुलाई घाम पानी जस्तोसुकै मौषममा पनि सुरक्षित र व्वयस्थित तरिकाले उपचार गर्ने हैसियत बनाई अन्तरराष्ट्रिय स्तरको अनुसन्धान कार्यमा समेत सक्रियता देखाउँदै आइरहेको छन् ।
चालिस वर्ष अगाडि हालको प्रादेशिक अस्पतालको एउटा सानो कोठाबाट जर्मन नागरिक अल्वर्ट र क्रिस्चिना हेन्ङिग दम्पतिले सुरु गरेको आँखा जाँच अहिले विस्तार भई सात विगहा क्षेत्रफलमा फैलिएको छ । २०३७ सालमा सञ्चालनमा आएका राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानको लागि दाता परिवारले एक विगहा पन्ध्र कटा दस धुर जग्गा अहिलेसम्म अस्पतालको नाममा रजिष्ट्रेशन समेत नभएको हाल प्रादेशिक अस्पताल लहान नमाकरण भएको छ । निर्माणको कार्य अघि बढ्न नसकको मेडिकल सुपरीडेन्टेड सुनिल कुमार कुशवाहाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘प्रदेश सरकारबाट आएको सेवा सुविधा अनुसार कार्य अघि बढाउन अस्पताल लागि परेपनि सबै वातावरण अनुकूल हुन सकिरहेको छैन । आवश्यक चिकित्सक कर्मचारीको लागि विज्ञापनपन खुलि सकेको छ । केहि समयपछि अस्पतालले गति लिने छ ।’
आँखा अस्पतालको उपचार मात्रै होइन, सरसफाई देखि लिएर हरेक व्वयस्थापन चुस्तदुरुस्त रहनुको साथै हुने उपचारले विरामीहरु सन्तुष्ट भएर टाढाटाढाबाट उपचार गराउन आइरहेको स्थानीय राम सेवक ठाकुरको अनुसार प्रादेशिक अस्पताल लहानमा बासठी प्रकारको ल्याब जाँच र औषधीहरु प्रादेशिक अस्पताल लहानमा उपलब्ध हुँदा पनि अस्पतालको सेवा र उपचार व्वयस्थित नहुनुको कारण अस्पतालको जोसुकै मेसुहरु आउँदा निजि क्लिनिकमुखी हुँदा यस्तो अवस्था आएको स्थानीयहरुले गुनासो गर्दै आउने विरामीहरुलाई कसरी रेफर गरेर वाहिर पठाउने जनेगारमा चिकित्सकहरु लागेकोले अस्पतालको साँख गिर्दो अवस्थामा पुगेको छ ।अस्पतालका दाता मुरारका र शारडा परिवारको नाम नै हटाएपछि दाताहरुको ठूलो अपमान गरेको दाता परिवारका राजेश शारडाले भन्दै अस्पतालको विकासको लागि सकारात्मक माहोल बनाउन दाता परिवारको नाम जोडनुपर्ने माग गर्नुभयो ।
हरेक चुनावमा हालको प्रादेशिक अस्पताल सुधारको चुनावी एजेन्डा हरेक राजनीतिक दलहरुले बनाएपनि अहिलेसम्म अस्पताल सुधार्न इमानदार प्रयास नगरेको कारण अस्पतालप्रति भरोसा टुट्दै जान थालेको नागरिक अगुवा दिनेश यादवको बुझाई छ । आधुकि जाँचको उपकरणहरुअ स्पतालमा प्रयोगमा ल्याए निजि क्लिनिकहरु चल्न नसक्ने भयले अस्पतालको सेवामा हेलचेक्राई भइरहेको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A