श्री माध्यमिक विद्यालय लहान गोठको विद्यार्थी भर्ना अभियान र्‍याली सम्पन्न

  • वैशाख ११, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । ‘समयमै भर्ना समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ सिरहाको लहान ९ मा रहेको श्री माध्यमिक विद्यालय लहान गोठले विद्यार्थी भर्ना कार्यक्रम अन्तरगत र्‍याली सम्पन्न गरेको छ ।

शैक्षिक सत्र २०८० का लागि श्री माध्यमिक विद्यालय लहान गोठका विद्यार्थी र शिक्षकहरुको सहभागीतामा र्‍याली सम्पन्न गरेको हो ।

उक्त र्‍याली बासाजोडी, शोभापुरको सिमाना हुँदै लवका टोल, पुरानो टोल, रामजानकी टोल, पछवारी टोल लगायतका स्थानहरुमा परिक्रमा गरेको थियो ।

342916493_535936112073177_3115514665958780736_n

निमित्त प्रधानाध्यापक जितेन्द्र महतोले यस माध्यमिक विद्यालय लहान गोठले प्रत्येक वर्षको शैक्षिक प्रारम्भसँगै आम सर्वसाधारणको जानकारीका लागि यस्तो र्‍यालीको आयोजना गरी अभिभावकको ध्यान खिच्न सकेको बताउनुभयो ।

हामीले यस माध्यमिक विद्यालयलाई नमूना विद्यालय बनाउने उद्देश्यका साथ अघि बढेका छौं । यहाँ बाल विकासदेखि कक्षा ९ सम्मको नयाँ भर्ना खुल्ला गरिएको छ । शिक्षा हासिल गर्नका लागि शान्त वातावरण रहेको यस मा.वि.मा आवश्यक पर्ने भौतिक एवम् शैक्षिक सामग्रीको प्रयाप्ता रहेको छ । निःशुल्क अध्ययनको अवसरका साथै स्वस्थ्यकर खाजा खान पाउने अवसरको संपूणर् लाभ विद्यार्थीले उपयोग गर्न पाउन भन्ने थप उद्देश्यले र्‍यालीको आयोजना गरिएको निमित्त प्रधानाध्यापक महतोले जानकारी दिनुभयो ।

बाल विकासदेखि कक्षा २ सम्म अंग्रेजी माध्यममा कक्षा संचालन हुने जनाउदै उहाँले हामी सँग अत्यन्तै योग्य र तालिमप्राप्त शिक्षकहरुको टीम हुनुका साथै भौतिक सुविधा सम्पन्न शैक्षिक पूर्वाधार समेत रहेकोले अभिभावकलाई एकपटक विद्यालयको अवलोकन भ्रमणको निम्तो दिन पनि र्‍यालीको आयोजना गरिएको महतोले बताउनुभयो ।

342906293_604574751705217_2760351985978616128_n

लहान ९ का वडाध्यक्ष घुरन चौधरीले यस्तो र्‍यालीबाट शिक्षकहरु थप उत्साहित हुने र समुदाय प्रति विद्यालयको जिम्मेवारीलाई बुझ्न र्‍यालीले सहयाग पुगेको बताउनु भयो ।

उहाँले ऐतिहासिकता र गौरवमय शैक्षिक बिरासत बोकेको यस माध्यामिक विद्यालयको सकारात्मक पक्षलाई जनसमक्ष लिएर जाने प्रयत्न स्वरूप यो र्‍यालीको आयोजना गरिएको बाताउनु भयो ।

लहान नगरपालिकाको साझेदारीमा श्री मा.वि.लहान गोठले आयोजना गरेको विद्यार्थी भर्ना कार्यक्रममा सिविएमको आर्थिक सहयोग तथा सि.एम.सी.नेपालको प्राविधिक सहयोग रहेको थियो ।

342967277_1385695422190126_5591080214618963909_n 342836171_547704087445450_1117532463976072214_n

एमबिबिएस र बिएससि नर ...

  जीवछ उदासी  लहान,पुस १४ गते  लहान न ...

जिल्ला उद्योग वाणिज् ...

फिरोज सिद्दिकी  लहान, पौष २ गते । जिल्ला उद्योग व ...

सड्यन्त्रकारी र असक् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

प्रत्यक्षतर्फ जसपा न ...

  जीवछ उदासी  लहान,पुस १ गते  सिरहा क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A