पाठ्यपुस्तकमा कमिसन, अभिभावक मारमा

  • वैशाख १२, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

सिरहा । तोकिएकै पुस्तक पसलबाट पुस्तक किन्नुपर्ने ठेकेदारी प्रथाका कारण सिरहाका अभिभावक मारमा परेका छन् । केही संस्थागत विद्यालयले कमिसनको लोभमा अभिभावकलाई तोकिएकै पुस्तक पसलबाट पुस्तक किन्न बाध्य पारिएपछि सिरहामा यस्तो स्थिति आएको हो ।

यहाँका नाम चलेका केही विद्यालयले अभिभावकलाई जबर्जस्ती पुस्तकको सूची दिएर अभिभावकलाई तोकेकै पसलबाट पुस्तक किन्न बाध्य पारिरहेकाछन् ।

यहाँ सञ्चालनमा रहेका अधिकांश विद्यालयमा ठेकेदारी प्रथामार्फत पुस्तक पसलबाट २० देखि ३० प्रतिशतसम्म कमिसन खाने गरेको तथ्य खुलाशा भएको छ । ‘अभिभावकको ढाड सेक्ने गरी यहाँका निजी विद्यालयले महँगो शुल्क असुलेर पनि चित्त नबुझेपछि पुस्तकमा पनि कमिसन खानुपर्ने कस्तो विडम्बना हो यो’- एक अभिभावकले टिप्पणी गरे ।

यतिमा पनि चित्त नबुझेपछि केही निजी विद्यालयकै आग्रहमा पुस्तक बिक्रेताले वास्तविक मूल्यमाथि स्टिकर टाँसेर मनपरी मूल्य लेखी मनोमानी ढंगबाट पैसा असुल्ने गरेका छन् । अन्य पुस्तक पसलभन्दा विद्यालयले तोकेको पुस्तक पसलमा १५ देखि २५ प्रतिशत बढी मूल्य निर्धारण गरिन्छ भने तोकिएको पसलमा पाँचदेखि १० प्रतिशत अभिभावकलाई छुट भनिएको हुन्छ, विदेशी प्रकाशनको पुस्तकमा भने छुट दिइएको हुँदैन- नाम नछाप्ने सर्तमा एक पुस्तक बिक्रेताले बताए ।

निजी विद्यालयले यस्ता प्रकाशनका पुस्तक पाठ्यक्रममा राख्छन् जसबाट बढी कमिशन आउने गर्छ, जुन पुस्तकको गुणस्तर नै हुँंदैन- लहान ५ का एक अभिभावकको आरोप छ । अभिभावकलाई स्वतन्त्र रूपमा पुस्तक खरिद गर्न दिइयो भने २० देखि २५ प्रतिशत कम मूल्यमा सहज रूपमा पुस्तक उपलब्ध हुनेछ- एक पुस्तक बिक्रेताले भन्नुभयो ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A