नगरपालिकाले दिएको नक्सा अनुसार निर्माण गरेको पर्खाल भत्काएपछि

  • वैशाख १३, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,बैशाख १३ गते । 

लहान नगरपालिका -३ अस्पताल चोकमा ठाडी भगवानपुर जाने सडकको पश्चिम किनारामा दुइ दशकभन्दा आगाडि आफ्नो जग्गामा घर निर्माणसँगै बौन्ड्री पर्खाल पनि लगाइ सकेको श्याम सुन्दरी देवी यादवको पर्खाल दक्षिणतर्फका संधियार उर्मिला यादवनीका छोरा देव कुमार यादवले भत्काइ दिएको छ । 

श्याम सुन्दरी देवीका पति इन्द्र नारायण यादवको अनुसार एक कठा सबा दुइ धुर जग्गामा घर निर्माणपछि २०६७ माघ १९ गते लहान नगरपालिकाबाट बाउन्ड्री वालको नक्सा पास गराइ घेरेका थिए । नक्सा पास गर्नुभन्दा नगरपालिकाबाट आएका प्रविधिकले मेरो जग्गा छिट्टयाइ दिएको थियो । २०७९चैत ३ गते मेरो पिता रासलाल यादवको स्वर्गवास भएपछि पुर्ख्यौली गाउँ सखुवा नन्कारकटि- महदेवा दाह संस्कार गर्न गएको मौका छोपी दक्षिणतर्फ को संधियार देव  कुमार यादव  घर निर्माण कार्य सुरु गर्ने क्रममा पर्लखाल भत्हाकाइ दिएको थियो । 

IMG_20230424_164115

लहान नगरपालिकामा बैशाख ३ गते पर्खाल भत्काएको निवेदन दिएको इलाका प्रहरी कार्यालय लहानमा  र इलाका प्निरहरी  कार्वेयसलय लहानमा दिएको  निवेदनले मात्रै पुगेन आदालतबाट आदेश हुनुपर्ने भनेपछि उच्च आदालत जनकपुरको राजविराज इजलासले बैशाख ६ गते शुक्रबार निशेधाज्ञा मिश्रित परमादेश गरेको पत्र दर्ता गराउँदा पनि घर निर्माण प्रक्रिया नरोके पीडा इन्द्र नारायण यादवले पोख्नुभयो । 

'बालुवा सिमेन्ट रड जम्मा गरेर संधियार देव कुमार यादवलाई मेरो जमीन अतिक्रमण जवर्जस्ती नगर्नु अमीन ल्याएर छुट्याएर गर्नु भन्दा झण्डा गाडेर घर निर्माण गर्छु भन्छ, रोक्न आए कुटाइ खाने धम्की दिइन्छ अब न्यायको लागि कहाँ जाने ?',इन्द्र नारायण यादवले पीडा सुनाउनुभयो । 

देव कुमार यादवले निर्माण गर्न लागेको घरको नक्सापनि लहान नगरपालिकाले पास नगर्दै जबर्जस्ती गरिरहेकोले कानुनी राज्यमा यहि पाराले गतिविधि गरि रहयो भने कमजोरले कसरी न्याय पाउने नथुनी महतोले भन्दै लहान। नगरपालिका प्रहरी प्रशासनको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A