स्कूल क्याप्टेनका लागि समता स्कूलमा नमुना मतदान

  • बैशाख २९, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । निर्वाचनको झल्को दिनेगरी समता स्कूल लहानले शुक्रबार स्कूल क्याप्टेन, भ्वाईस क्याप्टेन र हाउस क्याप्टेन छनोटका लागि मतदान कार्य सम्पन्न गरेको छ ।

विद्यार्थीहरुलाई मतदान प्रक्रियाको बारेमा जानकारी दिने, आफ्नो भोटको महत्व बुझाउने र आफूले चाहेको प्रतिनिधिलाई छनोट गर्न सिकाउने उद्देश्यले मतदान प्रक्रियावाट नै स्कूल क्याप्टेन, भ्वाईस क्याप्टेन र हाउ क्याप्टेन चयन गर्न लागिएको समता स्कूलका प्रधानाध्यापक कमल सिंगतानले बताउनु भयो ।

कक्षा १ देखि ९ सम्मका २ सय ५० जना विद्यार्थीहरुले क्याप्टेन छनोटका लागि भएको निर्वाचनमा भाग लिएका थिए ।

क्याप्टेन छनोटका लागि भएको निर्वाचनबाट स्कूल क्याप्टेनमा साक्षीराज मण्डल र भ्वाईस क्याप्टेनमा आइशा चौधरीलगायत हाउसन क्याप्टनहरु निर्वाचित भएको निर्वाचन कार्यक्रममा संलग्न समता स्कूलका शिक्षिका रंजीता स्वणर्कारले जानकारी दिनुभयो । निर्वाचन कार्यक्रममा लहान ८ का वडाध्यक्ष श्याम सोनीको पनि उपस्थिती रहेको थियो ।

photo_2023-05-12_15-53-53

सिरहाको लहानमा रहेको समता स्कूल वि सं २०७१ सालमा शाखा विद्यालयको रुपमा स्थापना भएको हो । समता स्कूलको खास विशेषता भनेको १ सय रुपैयाँमा अध्यापन गराउनु हो ।

गुणस्तरीय शिक्षा र थोरै शुल्कका कारण पनि समता स्कूलको लोकप्रियता बढ्दो छ भने अभिभावकहरुको पहिलो रोजाईमा बनेको छ यो विद्यालय ।

बालबालिकालाई अत्यन्तै न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नु यस विद्यालयको मुल उद्देश्य हो । यसका अलावा यस विद्यालयले गरिब तथा जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्तीको व्यवस्था गरेको छ । समता स्कूलले दक्ष, सिर्जनशिल, प्रतिष्पर्धी, असल, सफल विद्यार्थी उत्पादन गर्दै आएको स्कूलका प्रधानाध्यापक सिंगतानले बतानु भयो ।

स्कूलले गुणस्तरिय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिदै विभिन्न समयमा प्रतियोगिताहरु पनि सञ्चालन गर्ने गरेका छन् ।

 photo_2023-05-12_15-53-51photo_2023-05-12_15-53-51 (2)photo_2023-05-12_15-53-51 (5)photo_2023-05-12_15-53-51 (4)photo_2023-05-12_15-53-52 (2)photo_2023-05-12_15-53-52 (3)photo_2023-05-12_15-53-54photo_2023-05-12_15-53-53 (3) photo_2023-05-12_15-53-52

photo_2023-05-12_15-53-53 (2)

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A