सिरहामा सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह-२०८०’ शुरु

  • जेठ १, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । तराई मधेशका जिल्लाहरुसंगै सिरहामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह-२०८०’ शुरु गरिएको छ । ‘ट्राफिक नियमको पालना गरौँ, सभ्य नागरिक बनौ’ भन्ने नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा, लहानको आयोजनामा आज सोमवारदेखि सप्ताहव्यापी ट्राफिक सचेतना अभियान शुरु गरिएको हो ।

प्रमुख अतिथिका रुपमा लहान नगरपाकिलाका नगरप्रमुख महेश प्रसाद चौधरी र प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले कार्यक्रमको उद्घाटन गर्दै दुर्घट्ना न्युनीकरणका लागि सवैले ट्राफिक नियम पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

नगरप्रमुख चौधरीले ट्राफिक नियम प्रति सवै सचेत हुनुपर्ने बताउँदै लहानमा बढदै गएको दुव्र्यसनी न्यूनीकरणका लागि पनि सबैले आ-आफ्नो स्तरबाट सहयोग गर्न अनुरोध गर्नु भयो ।

photo_2023-05-15_12-41-04

सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले सडक दुर्घट्ना न्युनीकरणका लागि सवैले आफु र आफ्नो घरबाट सवारी बिस्तारै चलाउने, मादक पदार्थ सेवन नगर्ने, ट्राफिक नियमको पालना गर्ने, सवारी चलाउदा हेलचक्रयाई नगर्ने जस्ता कुराहरुको पालना गर्नु पर्ने बताउनुभयो ।

उहाँले सिरहा जिल्लामा दुर्घटना कम हुने वा हुनै नहुने जिल्लाको रुपमा परिणत गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको धारणा राख्नु भयो ।

photo_2023-05-15_12-41-03 (3)

त्यस्तै कार्यक्रमा सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकुनन्द ईवा लिम्बुले सिरहाको बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि शुरु गरिएको अभियान राम्रो रहेको बताउनु भयो । ‘सवारी दुर्घटनाबाट जिउधनको क्षतीलाई न्यूनीकरण गर्न हामीले ट्राफिक सचेतना सप्ताह सुरु गरेका छौं, यसले दुर्घटना नियन्त्रण गर्न सहयोग गुग्नेछ’ उहँले भन्नु भयो । यात्रु, चालक र सडक प्रयोगकर्ता अनुशासित भए सडक दुर्घटनामा कमी आउने उहाँको भनाई थियो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा, लहानका प्रमुख प्रहरी निरीक्षक मिन बहादुर बस्नेतले ट्राफिक सप्ताह-२०८० मा ट्राफिक व्यवस्थापन बारे विभिन्न खालका सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको छ जसका लागि सवैको सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

ट्राफिक सप्ताहमा प्रभात फेरी, पर्चा पम्पलेट वितरण, स्कूल कलेजमा प्रशिक्षण, माईकिङ्ग, जिङ्गगल बजाउने, स्टिकर टाँस गर्ने, सडक प्रयोगकर्ताहरुलाई बाटो काट्न सिकाउने, सिट क्षमता र आरक्षण सिटको अनुगमन गर्ने, रक्तदान कार्यक्रम, भित्री सडकमा दुईपाङ्ग्रे सवारी साधनका चालकहरुलाई हेलमेट प्रयोग अनिवार्य गर्ने, लघु प्रशिक्षण, भाडादर अनुगमन र दिप प्रज्वलनगर्ने लगायनका कार्यक्रम रहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

photo_2023-05-15_12-41-03

उद्घाटन कार्यक्रम पश्चात लहान स्थित घण्टाघर चौकदेखि निकालिएको र्‍याली सेल्फी रोड, मुख्य लोकमार्ग, शहिद चौक, पशुपति आदर्श माविहँदै पुनः कार्यक्रम स्थल पुगेको थियो । र्‍यालीमा सहभागिहरुले ट्राफिक सचेतनामुलक व्यानर र प्लेकार्ड लिएका थिए ।

photo_2023-05-15_12-41-02 (3) photo_2023-05-15_12-41-03 (4) photo_2023-05-15_12-41-02 (2) photo_2023-05-15_12-41-03 (2) photo_2023-05-15_12-41-02 

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A