सरकारको अध्यादेशविरुद्ध पीडित साहु संघर्ष समिति, सिरहाद्वारा विरोध प्रदर्शन

  • जेठ १४, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । सरकारले मिटरब्याजलाई अनुचित लेनदेनको रूपमा परिभाषित गरी कानुनीरूपमा दण्डनीय बनाउन ल्याएको अध्यादेश खारेजीको माग गर्दै पीडित साहु संघर्ष समिति सिरहाले नारा जुलस गर्दै विरोध प्रदर्शन गरेका छन् ।

आइतवार सिरहाको लहानमा पीडित साहु संघर्ष समिति, सिरहाले आयोजना गरेको विरोध कार्यक्रममा २०८० अध्यादेशको दफा २४९ ‘क’ खारेज गर्नु पर्ने मागसहित विरोध प्रदर्शन गरेका हुन् ।

photo_2023-05-28_19-12-28 (3)

समितिले साहु पीडितको साँवा र व्याज उपलब्ध गराउनु पर्ने, अदालतमा तमसुक दर्ता गर्नेकाम जारी राख्नु पर्ने, मिटरब्याजको नाममा भइरहेको लेनदेन आतंक बन्द गर्नुपर्ने, स्थानीय निकायमा जाँचबुझ गरि मात्र प्रमाणको आधारमा उजुरी दर्ता गर्ने प्रावधान हुनुपर्ने, लेनदेनसम्बन्धी उजुरीबिना प्रमाण दर्ता नगर्नुपर्ने, जिल्ला प्रशासन कार्यालय सिरहामा तथा मिटरब्याज जाँचबुझ आयोगमा दर्ता भएको निवेदनहरू हाल जारी भएको मुलुकी देवानीसंहिता २०७४ को ३६ को ३ (ख) बमोजिम जाँचबुझ तथा छलफलको लागी स्थानीय सरकारलाई जिम्मा लगाउनुपर्ने, आफूहरूले लगाएको लगानीहरू कानुन बमोजिम सावाँ र ब्याजसहित उपलब्ध हुनुपर्ने र लेनदेनको व्यवहारलाई मर्यादित र सहज बनाउनुपर्नेलगायतका माग सहित आन्दोलित भएका छन् ।

विरोध कार्यक्रममा पीडित साहु संघर्ष समिति, सिरहाका अध्यक्ष धनेश्वर यादवले केही गलत प्रवृत्तिको व्यक्तिहरूले लगानीकर्ताहरूलाई विभिन्न किसिमको भय त्रास तथा मिटरब्याजी भनि निवेदन दिने गरेको र विभिन्न किसिमको धाक धम्की दिई लगानीकर्ताको व्यक्तिगत स्वतन्त्रतामा आघात पुर्याइएको बताउनु भयो ।

उहाँले घर व्यवहार चलाउनका लागी इष्ट मित्र, छर छिमेकीबाट नेपालको प्रचलित कानुन बमोजिम कपाली तमसुक बनाई लेनदेन गर्न तथा जनजीविका चलाउँदै आएको अवस्थामा केही गलत सोच भएका व्यक्तिले आफूहरूको ऋण तिर्न नपरोस् भन्ने मनसायले मिटरब्याजीको नामाकरण गरी सबैलाई एकै किसिमबाट व्यवहारमा तुलना गरेकोप्रति दुःख व्यक्त गरेका छन् ।
उहाँले आफूहरूको माग पुरा नभए आन्दोलनको आन्धीबेरी चलाउने बताउनु भयो । तराई मधेसका विभिन्न जिल्लाबाट काठमाडौं पुगेर प्रदर्शन गर्ने चेतावनीसमेत दिएका छन् ।

photo_2023-05-28_19-12-29

पीडित साहु संघर्ष समिति, सिरहाका सदस्य दिलिप कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गणेश गौतम, सुजाता साह, रामसेवक यादव, हरिनारायण यादव, मोतीलाल यादव, विनोद प्रसाद गुप्तालगायतका वक्ताहरुले ऋणी भन्दा साहु महाजन पीडित भएको बताउनु भएको थियो ।

photo_2023-05-28_19-12-28 (5) photo_2023-05-28_19-12-28

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A