सार्वजनिक शिक्षा सुदृढीकरणका लागि लहानमा अन्तरक्रिया

  • जेठ १९, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । ‘शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह-२०२३’ भन्ने नाराका साथ सार्वजनिक शिक्षा सुदृढीकरणका लागि सिरहाको लहानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एनसीई नेपाल जिल्ला कार्य समिति सिरहाले आयोजना गरेको उक्त सार्वजनिक शिक्षामा सुदृढीकरण सम्बन्धि छलफल अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले स्थानीयता र ब्यवहारिकतामा आधारित शिक्षामा जोड दिएको हो ।

शिक्षामा लगानी र स्थानीय सरकारको भूमिका विषयक प्रतिवेदनमाथि छलफल गर्दै सहभागीहरुले पालिकाहरुको समग्र शैक्षिक अवस्था, समस्या र सुधारका लागि के गर्न सकिन्छ ? भन्ने बिषयमा केन्द्रित रहेल छलफल भएको थियो ।

प्रतिवेदनमा जिल्लाका स्थानीय तहले शिक्षामा प्रयाप्त बजेट छुट्याउदैन । छुट्याएको १४/१५ प्रतिशत बजेटको ठूलो हिस्सा शिक्षक, कर्मचारीको तलव भत्ता, प्रशासनिक खर्चमै कटौटी हुने गरेकोले मौलिक हकमै व्यवस्था गरिएका शिक्षा क्षेत्रको गति अगाडि बढ्न सक्दैन उल्लेख गरिएको छ ।

नेपालमा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहको शिक्षा स्थानीय सरकारको दायित्व र सो शिक्षा निःशुल्क गर्नुपर्ने सन्दर्भमा कुनै पनि शुल्क नलाग्ने व्यवस्थासहित दिवा खाजा, छात्रवृत्ति, प्राथमिक उपचार र शैक्षिक सामग्रीको व्यवस्थाका लागि हालको शिक्षाको बजेट विनियोजनलाई दोब्बर गर्नुपर्ने माग सहित सुझाव दिइएको छ ।

सार्वजनिक शिक्षाको सुदृढिकरणका लागि लहन नगरपालिका, धनगढीमाई नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख, पशुपति आदर्श माध्यमि विद्यालय लहान, ललकु माध्ययमिक विद्यालय लहानलगायतका प्रधानाध्यापकहरु, पत्रकार, शिक्षक, शिक्षाप्रेमी सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A