लहान-१० बैरियाँ गुदीगाउको विद्यालयको पर्खाल निर्माण सम्पन्न

  • जेठ ३२, २०८०
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान । लहान नगरपालिका -१० स्थित श्री जनता आधारभूत विद्यालय बैरिया गुँदीगाउ लहान -१०को सुरक्षाको लागि निर्वाचन विकास क्षेत्र अन्तर्गतको बजेटबाट पर्खाल निर्माणकार्य सम्पन्न भएको छ ।

पर्खाल निर्माण कार्य सम्पन्न भएपछि विद्यालयको सौन्दर्यकरण बढ्नुको साथै विद्यालयको शैक्षिक क्रियाकलाप शान्त वातावरणमा हुने त्यस विद्यालयका प्रधानाध्यापक रङगलाल साहले बताउनु भएको छ । उहाँले जानकरी दिनुभयो,'आठ लाख ४१ हजारको लागतमा पर्खाल निर्माण कार्य सम्पन्न भएको हो ।' 

IMG_20230615_074115

प्रअ साहको अनुसार विद्यालय क्षेत्रको जग्गा खाली रहँदा विद्यालयसँग टाँसिएको सबैको बसउठ हुने ठाउँ नै विद्यालयको प्राङगन नै हुनुको साथसाथै सुरक्षाको लागि पनि राम्रो भएको छ । यसको लागि प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरीले स्थानीयहरको माग अनुसार बजेट उपलब्ध गराइ दिनु भएकोमा प्रअ साहले धन्यवाद ज्ञापन गर्नुभयो । 

विद्यालय व्यवस्थापन समितिको पुर्व अध्यक्ष नथुनी पासवानले भन्नुहुन्छ,' लहान नगरपालिकाको पुर्व अध्यक्ष हुँदा लहान नगरपालिकासँग सहकार्य गरेर भौतिक निर्माणका कार्यहरु गरयौ । वडा कार्यालय लहान नगरपालिका ,प्रदेशसभा र संघीय सांसदसँग समन्वय गरेर यस विद्यालयको पक्की भवन निर्माण गरेर जस्तापाता मुक्त भवन निर्माणको लागि लागिपरेका छौं ।'

९९ प्रतिशत दलित बालबालिका पढ्ने यसविद्यालयलाई माध्यमिक कक्षा सञ्चालनको लागि नगरपालिकाले कक्षा ९ को अनुमति दिएर एक जना स्वयमसेवक शिक्षिका उपलब्ध गराउनु सकारात्मक पहल भएको वडाध्यक्ष मन्टी कुमार मण्डलले भन्दै थप स्वयम सेवक शिक्षक र भवन निर्माणको लागि पहल गरिरहेको बताउनुभयो ।

IMG_20230615_074109

दलित जनकल्याण युवा क्लवको पहल लहान नगरपालिकाको प्राथमिकता चिकन परियोजना अन्तर्गत खानेपानी र सुविधा सम्पन्न शौचालय निर्माण कार्यले विद्यालयको सौन्दर्यकरणमा थप बल पुगेको स्थानीयहरुले बताउनुभयो । 

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A