ढलानमा ढिलाई हुँदा स्थानीयलाई सास्ती

  • असार १, २०८०
  • समृद्धिपथ
alt

समृद्धिपथ समाचारदाता 

लहान । लहान नगरपालिका -१ मुख्य चोक तरकारी बजारको ढलान निर्माण कार्यमा ढिलाई हुँदा स्थानीयहरुलाई सास्ती खेप्नु परिरहेका छन् । 

अति व्यस्त रहने चोकमा एक महिनादेखि मोटर साइकल लगायत अन्य सवारी साधन लिएर आउ जाउ गर्न रोक लगाएर थालेको निर्माण कार्य कछुवाको गतिमा अघि बढ्दा स्थानीयहरु सास्ती खेप्न बाध्य भएका हुन् । 

४५ लाखमा ढलान निर्माणको लागि असरलाल चौधरीको अध्यक्षतामा उपभोक्ता समिति गठन भएपनि ढलान कार्य तीव्र गतिमा होस् भने ठेकेदार दिपक श्रेष्ठलाई ढलान निर्माण कार्य सुम्पिएको हो । 

कामको गति हेर्दा अझै १५ दिन लाग्ने देखिन्छ । आउ जाउ गर्न बन्द गरेर सुस्त गतिमा काम हुँदा ठूलो समस्या भएको लहान -१ का स्थानीय बिल्टु गुप्ताले बताउनुभयो । 

ढलान कार्य सम्पन्न मिति असार १५ गते तोकेर त्यहि गतिमा काम गर्ने हो भने झनै समस्या हुने भएकोले थप मजदुर ढलान मेसिन राखेर एक दुइ दिनमा काम सम्पन्न गर्नुपर्ने स्थानीयहरुले माग गरेका छन् ।

बालुव गिटी रड सिमेन्टको मिश्रण के कति हो नगरपालिकाबाट प्राविधिक टोली आएर जाँच गरिरहनु पर्नेमा कुनै अनुगमन र निर्देशन नहुँदा यस्तो ढलान कति दिन टिक्ला भने चर्चापनि तीब्र रुपमा भइरहेको छ । २४ घण्टा चल्ने यस सडकको ढलान कमजोर भयो भने सारा लगानी बालुवामा पानी नहोस् सथानीयहरुमा चिन्ता समेत छाएको छ । 

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A