ढलानमा ढिलाई हुँदा स्थानीयलाई सास्ती

  • असार १, २०८०
  • समृद्धिपथ
alt

समृद्धिपथ समाचारदाता 

लहान । लहान नगरपालिका -१ मुख्य चोक तरकारी बजारको ढलान निर्माण कार्यमा ढिलाई हुँदा स्थानीयहरुलाई सास्ती खेप्नु परिरहेका छन् । 

अति व्यस्त रहने चोकमा एक महिनादेखि मोटर साइकल लगायत अन्य सवारी साधन लिएर आउ जाउ गर्न रोक लगाएर थालेको निर्माण कार्य कछुवाको गतिमा अघि बढ्दा स्थानीयहरु सास्ती खेप्न बाध्य भएका हुन् । 

४५ लाखमा ढलान निर्माणको लागि असरलाल चौधरीको अध्यक्षतामा उपभोक्ता समिति गठन भएपनि ढलान कार्य तीव्र गतिमा होस् भने ठेकेदार दिपक श्रेष्ठलाई ढलान निर्माण कार्य सुम्पिएको हो । 

कामको गति हेर्दा अझै १५ दिन लाग्ने देखिन्छ । आउ जाउ गर्न बन्द गरेर सुस्त गतिमा काम हुँदा ठूलो समस्या भएको लहान -१ का स्थानीय बिल्टु गुप्ताले बताउनुभयो । 

ढलान कार्य सम्पन्न मिति असार १५ गते तोकेर त्यहि गतिमा काम गर्ने हो भने झनै समस्या हुने भएकोले थप मजदुर ढलान मेसिन राखेर एक दुइ दिनमा काम सम्पन्न गर्नुपर्ने स्थानीयहरुले माग गरेका छन् ।

बालुव गिटी रड सिमेन्टको मिश्रण के कति हो नगरपालिकाबाट प्राविधिक टोली आएर जाँच गरिरहनु पर्नेमा कुनै अनुगमन र निर्देशन नहुँदा यस्तो ढलान कति दिन टिक्ला भने चर्चापनि तीब्र रुपमा भइरहेको छ । २४ घण्टा चल्ने यस सडकको ढलान कमजोर भयो भने सारा लगानी बालुवामा पानी नहोस् सथानीयहरुमा चिन्ता समेत छाएको छ । 

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A