भगवानपुरको समृद्धि र विकासका लागि दृढ छौ : अध्यक्ष उग्रनारायण यादव

  • असार ६, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यदवले पालिकाको समृद्धि र विकासका लागि दृढ रहेको बताउनु भएको छ । पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष यादवले आर्थिक वर्ष २०७९/८० को बजेटले विकासको लिक ओछयाई सकेको छ । अगामी आर्थिक वर्षमा गाउँसीले प्रत्याभूति गर्नेगरि नै विकासको कामहरु अगाडि बढाउन गृह कार्यभईरहेको बताउनु भएको हो ।

उहाँले विकास जाँदुको छडी होईन, एकै रातमा छु मन्त्र गरेर भैहाल्ने हो, तर यसको लागि भगवानपुर गाउँपालिका दत्तचित्त भएर नै लागेको विश्वास दिलाउनु भयो । भगवानपुरको समृद्धिको आधार शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधार क्षेत्रमा काम गरेर नै हुने भएकोले यसलाई आधार मानेर विभिन्न सडक र कृषि क्षेत्रमा विकासको लागि गाउँपालिकाले भ्यासम्मको बजेट छुट्टयाएको छ भने प्रदेश र केन्द्र सरकारसंग पनि बजेट माग गर्न हरसंभव प्रयासमा रहेको अध्यक्ष यादवले प्रष्टयाउनुभयो ।

ugrana

विकास भनेकै सवैको सहमति र एकताले हुने विषय भएकोले सवै राजनीतिक दलहरुसंग सहमतिको बातावरण बनाउन आफू क्रियाशिल रहे पनि मुखमा राम राम बगलीमा छुरा हाने झै केहि राजनीतिक दलहरुले खुट्टा तान्ने गर्नैपर्ने कामहरुमा तगारो खडा गर्नाले पनि सतहमै देखिने कामहरु रोकिएको अवस्था रहेको अध्यक्ष यादवले चिन्ता व्यक्त गर्नुभयो ।

निर्वाचनको बेला जनतासंग गरेका वाचाहरु पुरा गर्न दृढ रहेको बताउदै सुन्दर र समृद्ध भगवानपुर बनाउन आफू कुनै कसर बाँकी नराखी तिव्र गतिमा विकासका गतिविधिहरु अगाडि बढाउन लागि परेका छौ । विभिन्न योजना र परियोजनाहरु सिमित श्रोत तथा जनशक्तिमा गाउँपालिकाले संचालन गरी नागरीकहरुको मन जित्न सफल भएको छ । आम ग्रामवासीलाई छिटो छरितो र सहज सेवा सुविधा उपलव्ध गराउन गउँपलिका सँधै तत्पर रहेको भगवानपुरका अध्यक्ष यादवले जानकारी दिनुभयो ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A