पाँच वर्षमा नमूना विद्यालय बनाई छाडने प्रअ दासको प्रतिवद्धता

  • असार ६, २०८०
  • समृद्धिपथ
alt

जीवछ उदासी,

लहान नगरपालिकाको शहरी क्षेत्रबाट प्राँच किलोमिटर दक्षिण ग्रामीण भेगमा रहेको जनता माध्यमिक विद्यालय सोनमति गढालाई लहान नगरपालिकाबाट सहयोग भइरहे पाँच वर्षमा मधेश प्रदेशकै नमूना विद्यालय बनाइ छाडने प्रधानाध्याक अरबिन्द कुमार दासले दृढता व्यक्त गर्नु भएको छ ।

२०५६ सालमा तत्कालिन गाउँ विकास समिति सोनमति गढा हाल लहान नगरपालिका –१९ र तत्कालिन गाउँ विकास समिति गढा हाल लहान नगरपालिका २३ मिलेर कक्षा सात सम्म सञ्चालित विद्यालयलाई माध्यमिक तहको विद्यालयमा स्रोन्नति गरेको थियो । माध्यमिक विद्यालय सञ्चालनको लागि सोमति गाँउ विकास समितिका अध्यक्ष बेचन यादव र गढा गाउँ विकास समसतका अध्यक्ष कन्हैया प्रसाद गुप्ताको आर्थिक सहयोगमा विद्यालय मावि तहसम्म सञ्चालनमा आएको थियो ।

कम उचाई भएको पर्खालमा जस्ता पाताले छाएको भवनमा कक्षा सञ्चालन भइरहँदा जाडो र गर्मी दुबै मौषमाम विधार्थीहरुलाई पढन अप्ठयारो भइरहेको साथै एक जना स्थायी मावि शिक्षक दुई राहत दुई मावि अनुदान निजि श्रोत शिक्षकहरुबाट विद्यालय जसोतसो चलिरहेको विद्यालयको प्रधानाध्यापक अरविन्द कुमार दासले बताउनुभयो । प्रअ दासका अनुसार यस केहि वर्ष पहिले चार कोठे भवन, यस वर्ष लहान नग्रपालिका शिक्षा शाखाबाट चार कोठे भवन पचीस लाख पर्खाल निर्माण नगरपालिकाबाट अनुदान शिक्षक दिएपछि विद्यालय प्रगतिपथमा अघि बढिेको छ । यहि रफ्तारमा चार वर्ष लहान नग्रपापिलकाले सहयोग गरिरहे भौतिक पक्ष पुरा भई विद्यालयको आन्तरिक श्रोतबाट पनि शिक्षकहरु भर्ना गरेर मधेश प्रदेशकै एक नमूना विद्यालय बनाउने अठोटका साथ काम गरिरहेका छौ ।

आठ सय विधार्थी अध्ययनरत रहेको त्यस विद्यालयमा लहान नगरपालिकाको दक्षिणी भेगका लागि यस विद्यालयलाई प्राविििधक धारको विद्यालय बनाउन हरेक चुनावमा स्थानीय मतदाताहरुले गरिरहेको मागलाई ध्यानमा राखेर लहान नगरपालिकाले यस विद्यालयलाई नमूना विद्यालय बनाउन भौतिक र शैक्षिक सहयोगको लागि प्राथमिकतामा राखेको लहान नगरप्रमुख महेश प्रसाद चौधरीले बताउनुभयो । नगरप्रमुख चौधरीले भन्नुभयो,‘आफ्नो कार्यकालमा लहान नगरपालिकाको ५९ वटै विद्यालयहरुलाई जस्तापातामुक्त बनाउन पककी भवन निर्माण कार्यमा जोड दिएका छौ । हरेक विद्यालयमा पुस्तकालय, शौचालय खानेपानी, विज्ञान प्रयोगशाला निर्माण गर्ने कार्य प्राथमिकतामा रहेपनि श्री जनता माध्यमिक विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर कार्य सुरु गरिसकेका छौ ।’

ग्रामीण भेगका विद्यालयलाई नमूना विद्यालय बनाउन नगरपालिका वडा नम्बर –१९ र २३ जसरी सहयोग गरिरहेको छ, यहि गतिमा सहयोग भइरहे जनता माध्यमिक विद्यालय नमूना विद्यालय हुने स्थानीय विन्देश्वर यादवले बताउनुभयो ।
यस विद्यालयको नाउँमा डेढ विगहा आँपको बगैचा र डेड विगहा धान उत्पादन गर्ने खेत पनि आम्दानीको श्रोत रहेकोले यस विद्यालयलाई नमूना विद्यालय बनाउन लिएको संकल्प पुरा गर्न लहान नगरप्रमुख महेश प्रसाद चौधरीबाट भइरहेको सहयोगको वडानम्बर –१९ का वडाध्यक्ष मो कमरुदिनले सराहना गर्नुभयो ।

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A