जनता डोमी चौधरी नमुना माविमा विद्यालयको रकम हिना मिना भएको खुलासा, प्रअ साह माथि छानविन हुँदै

  • असार ६, २०८०
  • समृद्धिपथ
alt

समृद्धिपथ समाचारदाता,

लहान । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं २ मा रहेको श्री जनता डोमी चौधरी नमुना माध्यमिक विद्यालय प्राविधिक धारको प्रधानाध्यापक पशुपति साहले विद्यालयको रकम हिना मिना गरेको खुलासा भएको छ ।

स्थानीय नागरिक समाज र अभिभावकहरुको भेलाले प्रधानाध्यापक साह हरहिसाब संन्तुष्टिजनक न दिई ठूलो रकम हिना मिना गरेको खुलासा भएको हो ।

स्थानीय अमिरि यादव, ज्ञानेन्द्र राय र मनोज साहलगायतका स्थानीयहरुले विद्यालयमा करिब ५२ लाखको मोनोपोलि योजना आफ्नै विद्यालयमा पढाउने शिक्षकसँग बनाएर राता रात गुणस्तर हिन काम गरेको आरोप लगाएका छन् । महिना दिन नवित्दा ढलान चर्केको छ ।

हामीले जति भनेपछि काम रोकिएन जबकी विद्यालयमा व्यवस्थापन समितिको उपस्थित छैन । जेठ महिनामा दुई पटक अभिभावक भेला गरायो त्यसमा प्रअले हरहिसाब संन्तुष्टिजनक दिएन सब गोल मटोल देखाउनु र तत्कालका विधालय व्यवस्थापन समितिका अध्यक्षको हस्ताक्षर न हुनुले भ्रष्टाचारको गन्ध आएको उहाँहरुको आरोप छ ।

यहि आर्थिक वर्षमा विद्यालयको चौरमा करिब १३ लाखको माटो हालेर रकम निकास गरेको थियो । अहिले हल्का वर्षाले विद्यालयको चौर जलमग्न भएको छ कहाँ गयो माटो भनि चर्चा हुनथालेका छन् ।

प्रअ साहले उक्त कामको स्टिमेट र मुल्यांकन पनि आफ्नै स्कुलको शिक्षकबाट गराएको छ । जसको परिणामस्वरूप ५२ लाखको आरसिसी ढलान महिनै दिनमा चर्केको देखिन्छ ।

योजना बनाउे शिक्षक भन्नुहुन्छ- म के गर्नु, मलाई प्रअ र विद्यालय व्यवस्थापन समितिले करलगाएर फरक फरक योजनामा फरक फरक शिक्षकहरुसँग मौखिक आदेशमा मुल्यांकन गराउन कर लगाउँछ ।

प्रअ साहले धम्की दिदै भन्नुहुन्छ यसो नगरे राजिनामा दिए हुन्छ । अनि बाध्यता पुर्वक गर्नुपरेको बताउनु भयो ।

यता लक्ष्मीपुर पतार गाउँपालिकाका उपमेयर अमरकाला यादवले प्रअ साहले कुन तरिकाले लाखौंको योजना आफ्नो मनोमानि बनाउने र विद्यालयमा विभिन्न शिर्षकमा विद्यार्थीहरुबाट गैर कानुन अबैधानिक शुल्क उठाउने गरेको प्रति आश्चर्य लाग्ने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो- गाउँपालिकासँग कुनै सहकार्य नगरी गरिएको काममा हामी सुक्ष्म अनुसन्धान गर्दै छौं, त्यसपछि थप जानकारी गराउने छौं ।

स्थानीयहरुले प्र.अ माथि दबाब दिएपछि लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरको अध्यक्षत्तामा समाजका भरभलादमी, बुद्धिजीवी, अभिभावकहरु बैठक बसि निवर्तमान विद्यालय व्यवस्थापन समितिको अध्यक्ष एवं दाता ईन्द्र नारायण चौधरीको संयोजकत्वमा धुर्व प्रसाद साह, चन्द्र शेखर यादव, किसुनदेब ठाकुर, प्रमोद कामैतलाई हरहिंसब लिन कमिटि गठन गरेका छन् ।

नियमितरूपमा बिल, भर्पाईहेरेर हामीले हरहिंसाब लिदै छौं । हिसाब लिनेकाम पुरा भएपछि आम भेलामा सार्वजनिक गर्ने कुरा संयोजक चौधरीले जानकारी गराउनु भयो ।

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A