पत्रकार महासंघ सिरहा शाखा विघटन गरी तदर्थ समिति गठनको मांग

  • असार ७, २०८०
  • समृद्धिपथ

सिरहा । सिरहाका नेपाल प्रेस युनियन, प्रेस चौधरी नेपाल र प्रेस सेन्टरले संयुक्र रुपमा प्रेस विज्ञप्ती जारी गरी नेपाल पत्रकार महासंघ सिरहा शाखा विघटन गरी तदर्थ समिति गठन गर्नु पर्ने मांग गरेका छन् ।

नेपाल पत्रकार महासंघ सिरहा शाखाले पत्रकार शुद्धिकरणको नाममा गरेको विभेदकारी रबैया प्रति असन्तुष्ट हुँदै यस्तो माग गरेका हुन् ।

महासंघ सिरहा शाखाको स्थापनादेखि हालसम्म क्रियाशील रहेका अग्रज पत्रकारसहित अन्य क्रियाशील पत्रकारहरुको सदस्यता विभिन्न बहानामा नविकरण नगर्न सिफारिस गरिएको छ । तर, विगत १० दश वर्षदेखि सक्रिय पत्रकारिता नगर्ने, विभिन्न विद्यालय तथा क्याम्पसमा शिक्षण गर्ने, विभिन्न सरकारी तथा गैरसरकारी र वितिय संस्थामा कर्मचारीको रूपमा काम गर्ने, व्यवसायिक प्रतिष्ठानको मार्केटिङ गर्ने, औषधी पसल सञ्चालन गर्ने, मिटरव्याजीको रुपमा जिल्लामै चर्चित रहेको, गत स्थानीय तहको निर्वाचनदेखि प्रदेश सभा र प्रतिनिधि सभामा उम्मेदवारी दिएका तथा वर्षौंसम्म एउटा पनि समाचार सम्प्रेषण नगर्ने ३३ जनालाई सक्रिय पत्रकारको रुपमा नविकरण सिफारिस गरिएको छ । यस बाहेक वर्षोदेखि सिरहामा क्रियाशील पत्रकारहरुलाई नयाँ सदस्यता दिइएको छैन् । यो रवैयाले नेपाल पत्रकार महासंघ सिरहा शाखामा क्रियाशील पत्रकारहरुको होइन, गैर पत्रकारहरुको हालीमुहाली हुने निश्चित रहेको प्रेस विज्ञप्तीमा भनिएको छ ।

सिरहा शाखाले सिफारिस नगर्न पठाइएको क्रियाशील पत्रकारहरुलाई नविकरण गर्न तथा सिफारिस गरिएका ३३ जना गैर पत्रकारहरुको नविकरण नगर्न प्रादेशिक समिति तथा केन्द्रिय समितिलाई अनुरोध गर्दै सिरहा शाखाले गरेको उक्त कार्यका विरुद्धमा सञ्चारसँग सम्बन्धित संस्थाहरुमा उजुरी दिने जनाइएको छ ।

photo_2023-06-22_22-12-01

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A