पत्रकार महासंघ सिरहा शाखा विघटन गरी तदर्थ समिति गठनको मांग

  • असार ७, २०८०
  • समृद्धिपथ

सिरहा । सिरहाका नेपाल प्रेस युनियन, प्रेस चौधरी नेपाल र प्रेस सेन्टरले संयुक्र रुपमा प्रेस विज्ञप्ती जारी गरी नेपाल पत्रकार महासंघ सिरहा शाखा विघटन गरी तदर्थ समिति गठन गर्नु पर्ने मांग गरेका छन् ।

नेपाल पत्रकार महासंघ सिरहा शाखाले पत्रकार शुद्धिकरणको नाममा गरेको विभेदकारी रबैया प्रति असन्तुष्ट हुँदै यस्तो माग गरेका हुन् ।

महासंघ सिरहा शाखाको स्थापनादेखि हालसम्म क्रियाशील रहेका अग्रज पत्रकारसहित अन्य क्रियाशील पत्रकारहरुको सदस्यता विभिन्न बहानामा नविकरण नगर्न सिफारिस गरिएको छ । तर, विगत १० दश वर्षदेखि सक्रिय पत्रकारिता नगर्ने, विभिन्न विद्यालय तथा क्याम्पसमा शिक्षण गर्ने, विभिन्न सरकारी तथा गैरसरकारी र वितिय संस्थामा कर्मचारीको रूपमा काम गर्ने, व्यवसायिक प्रतिष्ठानको मार्केटिङ गर्ने, औषधी पसल सञ्चालन गर्ने, मिटरव्याजीको रुपमा जिल्लामै चर्चित रहेको, गत स्थानीय तहको निर्वाचनदेखि प्रदेश सभा र प्रतिनिधि सभामा उम्मेदवारी दिएका तथा वर्षौंसम्म एउटा पनि समाचार सम्प्रेषण नगर्ने ३३ जनालाई सक्रिय पत्रकारको रुपमा नविकरण सिफारिस गरिएको छ । यस बाहेक वर्षोदेखि सिरहामा क्रियाशील पत्रकारहरुलाई नयाँ सदस्यता दिइएको छैन् । यो रवैयाले नेपाल पत्रकार महासंघ सिरहा शाखामा क्रियाशील पत्रकारहरुको होइन, गैर पत्रकारहरुको हालीमुहाली हुने निश्चित रहेको प्रेस विज्ञप्तीमा भनिएको छ ।

सिरहा शाखाले सिफारिस नगर्न पठाइएको क्रियाशील पत्रकारहरुलाई नविकरण गर्न तथा सिफारिस गरिएका ३३ जना गैर पत्रकारहरुको नविकरण नगर्न प्रादेशिक समिति तथा केन्द्रिय समितिलाई अनुरोध गर्दै सिरहा शाखाले गरेको उक्त कार्यका विरुद्धमा सञ्चारसँग सम्बन्धित संस्थाहरुमा उजुरी दिने जनाइएको छ ।

photo_2023-06-22_22-12-01

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A