प्रदेशिक अस्पताल लहानमा बढ्यो विरामीको चाप

  • साउन ८, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,साउन ८ गते ।

लहान-३ स्थित प्रदेशिक अस्पताल लहानमा उपचार गराउन आउने विरामीहरुको चाप ह्वातै बढेका छन् । 

प्रादेशिक अस्पताल नामाकरण भएपछि चिकित्सक उपकरण र कर्मचारीहरुको संख्यामा वृद्धि भएपछि विरामीका चाप बढेका हुन् । 

अस्पतालको मेडिकल सुपरीडेन्टेड सुनिल कुमार कुशवाहाका अनुसार ओपिडीमा प्रत्येकदिन डेढ सयदेखि दुइसयसम्म विरामीहरुको उपचार हुनेगर्दछ । ओपिडीमा आठजना चिकित्सक दर्जनौ प्रकारका जाँच सुविधासम्पन्न प्रयोगशाला आधुनिक एक्सरे भिडियो एक्सरे र थाइरेडको समेत जाँच हुने यस अस्पतालमा अहिले चिकित्सकहरुको सन्तुलित टिमले उपचार गराउन आउने विरामीहरु उपचार पाएर खुशी भइ फर्किरहेका छन् । 

विल काट्ने काउन्टरमा महिला पुरुषको दुइवटा लाइन लागेपनि विल काट्ने काउन्टरमा एक जना मात्रै कर्मचारी हुँदा निकै सास्ती खेप्नुपरिरहेको विरामीहरुले गुनासो पोख्दै व्यवस्थापन पक्ष सरसफाई र चिकित्सक बस्ने कोठाहरु व्यवस्थित हुनुपर्ने माग गरेका छन् । 

 प्रदेशिक अस्पतालममा परिणत हुँदा दाता परिवार राम कुमार शारडा र उमा प्रसाद मुरारकाको नाम हटाएपछि दाताद्वय रुष्ट भएकोले अस्पताल परिसरका जग्गा अस्पतालको नाउँमा दर्ता हुन सकिरहेको छैन् । दाताहरुको नाम समावेश गरी जग्गा अस्पतालको नाउ्ँमा रजिष्ट्रेशन गरी थप भवन निर्माण गरी प्रदेश स्तरको मापदण्ड अनुसारको भौतिक संरचना बन्नुपर्ने स्थानीयहरुले माग गरिरहेका छन् ।

यता दाता परिवारका मुरारीलाल मुरारकाले दाताको नाम राखेको भोलीपल्ट नै जग्गा पास गरिदिने भन्दै सरोकारवालाहरुले सामुहिक पहल गर्नुपर्ने बताउनुभयो । 

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A