नापी कार्यालय लहानमा अख्तियारको छापा, एक जना पक्राउ

  • भदौ ६, २०८०
  • समृद्धिपथ
alt

लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले लहानको नापी कार्यालयमा छापामारी गरि अमिनलाइ घुसको रकम सहित रङ्गेहात पक्राउ गरेको छ । अख्तियारको टोलीले नापी कार्यालयका अमिन दिपरन्जन यादवलाई १० हजार घुसको रकम सहित पक्राउ गरेको हो ।

बर्दिवासबाट आएका अख्तियारका टोलीले लहान १ मटियर्वास्थित नापी कार्यालय लहान अन्तर्गत २ नम्बर नापी टोलीको कार्यालयमा छापामारी गरेको थियो ।

अमिन यादवले साविक गा.वि.स.तरेगना गोविन्दपुरको गाउँब्लकका जग्गा कित्ता काट गर्न सेवाग्राही सग १० हजार घुसको रकम लिइ रहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ ।

पक्राउ परेका अमिन यादवले कार्यालयमै सेवाग्राहीलाई बोलाएर घुस लिएपछी रङ्गेहात पक्राउ गरिएको थियो । घुस रकमसहित यादवलाइ आवश्यक कार्वाहीको लागि सर्जमिन मुचुल्ला उठाइ आयोगको कार्यालय बर्दिवास लगिएको जनाइएको छ ।

photo_2023-08-23_15-37-28 photo_2023-08-23_15-37-28 (2)

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A