नापी कार्यालय लहानमा अख्तियारको छापा, एक जना पक्राउ

  • भदौ ६, २०८०
  • समृद्धिपथ
alt

लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले लहानको नापी कार्यालयमा छापामारी गरि अमिनलाइ घुसको रकम सहित रङ्गेहात पक्राउ गरेको छ । अख्तियारको टोलीले नापी कार्यालयका अमिन दिपरन्जन यादवलाई १० हजार घुसको रकम सहित पक्राउ गरेको हो ।

बर्दिवासबाट आएका अख्तियारका टोलीले लहान १ मटियर्वास्थित नापी कार्यालय लहान अन्तर्गत २ नम्बर नापी टोलीको कार्यालयमा छापामारी गरेको थियो ।

अमिन यादवले साविक गा.वि.स.तरेगना गोविन्दपुरको गाउँब्लकका जग्गा कित्ता काट गर्न सेवाग्राही सग १० हजार घुसको रकम लिइ रहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ ।

पक्राउ परेका अमिन यादवले कार्यालयमै सेवाग्राहीलाई बोलाएर घुस लिएपछी रङ्गेहात पक्राउ गरिएको थियो । घुस रकमसहित यादवलाइ आवश्यक कार्वाहीको लागि सर्जमिन मुचुल्ला उठाइ आयोगको कार्यालय बर्दिवास लगिएको जनाइएको छ ।

photo_2023-08-23_15-37-28 photo_2023-08-23_15-37-28 (2)

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A