विभेद गरेको भन्दै स्थानीय तहका कर्मचारीहरु आन्दोलित

  • भदौ २२, २०८०
  • समृद्धिपथ
alt

लहान । सिरहाको स्थानीय तहका कर्मचारीहरुले आफूहरुलाई विभेद गरेको भन्दै निजामती सेवा दिवसको दिन हातमा कालोपट्टी बाँधेर विरोध जनाएका छन् ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा प्रस्तावित निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई निजामती नभनेको भन्दै उनीहरुले विरोध जनाएका हुन्।

उनीहरुले कर्मचारीहरुको सेवा सुविधा, वृत्ति विकासको सुनिश्चित गर्नुपर्ने र प्रस्तावित संघिय निजामती सेवा ऐनको मस्यौदामा स्थानीय तहका कर्मचारीहरुलाई निजामतीमा समेट्नुपर्ने माग गरेका छन्।

त्यसैगरी आन्दोलित कर्मचारीहरुले संघीय निजामती सेवा ऐन नभई एकीकृत निजामती सेवा ऐन ल्याउनु पर्ने, सेवा समूहको आधारमा सरकारी सेवाको प्रवेशद्धार स्थानीय तहमा मात्र हुनपर्ने, चक्रीय सरुवा प्रणली हुनपर्ने, निजामती अस्पतालमा उपचार लगायत सेवा सुविधामा सबै कर्मचारीहरूलाई समेटिनु पर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग राखेका छन्।

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A