कोचिङग कक्षाले शैक्षिक सुधार हुँदै ग्रामीण भेगममा

  • भदौ २५, २०८०
  • समृद्धिपथ
alt

जीवछ उदासी
लहान, भदौ २५ गते । सिरहा जिल्लाको दक्षिणी भारतको सीमाक्षेत्र र हुलाकी मार्गसँग जोडिएको औरही गाँउपालिका वडा नम्बर–४ इटाटारमा एक वर्षदेखि वडा कार्यालयले कक्षा एकदेखि दससम्म सञ्चालन गरेको कोचिङग कक्षाले सामुदायिक विद्यालयमा पढने विद्यार्थीहरुमा शैक्षिक सुधार देखिएको छ ।

photo_2023-09-11_12-24-55

वडाअध्यक्ष सुरेन्द्र कुमार यादवको अनुसार स्थानीय तहको चुनावमा सामुदायिक विद्यालयको सुधारको लागि निःशुल्क कोचिङग कक्षा सञ्चालन गर्ने प्रतिवद्धता अनुसार विगत एक वर्षदेखि कक्षा एकदेखि दशसम्मको विद्यार्थीहरुको लागि कक्षा सञ्चालनको लागि दसजना शिक्षक भर्नागरी विहान ५ः३० बजेदेखि ९ बजेसम्म कक्षा सञ्चालन हुँदै आइरहेको छ । वडाध्यक्ष यादवले थप्नुभयो, ‘वडाले पाउने असी लाख बजेटबाट विस लाख कोचिङग कक्षाको लागि विनियोज गरेको छु । यस वर्ष व्रिज कोर्स र लोकसेवाको कक्षा समेत सञ्चालन गर्दा केहि विथार्थीहरु काठमाण्डौको राम्रो कलेजहरुमा नाम निकाल्न समेत सफल भएका हुन् ।’

कोचिङग कक्षामा पढिरहेका विद्यार्थीहरुलाई सुन्दर जनता माध्यमिक विद्यालय औरहीका प्रधानाध्यापक शिक्षकहरु विद्यालयमै सञ्चालन हुने कोचिङगमा अनिवार्य पढनुपर्ने दबाब सृजना गरेर विधार्थीहरुमा मानसिक तनाव सृजना गर्नुले विधार्थीहरु मानसिक तनावमा रहेको उहाँले बताउनुभयो ।

कक्षा दसमा पढने प्रथम विधार्थी चन्दन पासवान बताउँछ, ‘गुणस्तरीय कोचिङग कक्षामा पढेपछि पाँच वटा विषयहरु विज्ञान, गणित, अंग्रेजी, अनिवार्य गणित र ऐच्छिक गणितमा सोचेभन्दा बढी फाइदा हुदै गइरहेकोले वडाबाट सञ्चालित कोचिङगमा पढन चाहन्छौ । विद्यालयमा नपढे शिक्षकहरुले जाँचमा मार्क कम गरिदिइने, शौचालय प्रयोग गर्न नदिइने जस्ता मानसिक तनाव दिइ्हेका छन् ।’

कक्षा–९ की गायत्री यादवले अनिवार्य सुन्दर जनता माध्यमिक विद्यालयले भदौदेखि सुरु गरेको कोचिङगमा पढन प्रअ र शिक्षकहरु प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कोचिङमा आउन दिइरको मानसिक तावले समस्या भएको गुनासो पोख्दै वडा नम्बर–४ ले चलाइरहेको कोचिङग कक्षामा हामीले पढ्न पाउनुपर्ने हाम्रो माग रहेको बताइन ।

photo_2023-09-11_12-24-55 (3)

यता सुन्दर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक विवेक कुमार यादव भन्नुहुन्छ, ‘विद्यालयमा गाँउपालिका अध्यक्ष शिवजी यादवबाट कोचिङग कक्षा निःशुल्कमा सञ्चालन गर्न विद्यालयलाई पत्र नै पठाएपछि भदौदेखि विद्यालयमै कोचिङग कक्षा विहान सुरु गरेकोले अनिवार्य उपस्थिसतको लागि सार्वजानिक सूचना गरिएको हो तर कुनै विधार्थीहरुलाई मानसिक दबाब दिएको छैन् । विधार्थीहरुले वडा नम्बर–४ ले सञ्चालन गरेको कोचिङग कक्षामा नै पढेपनि दबाब दिदैनौ । गत वर्ष यस माविबा एसइइमा राम्रो नतिजा ल्याउनुमा त्यस कोचिङगमा पढेका विधार्थीहरु नै थिए ।’

इटाटार गाँउ भारतीय सीमासँग जोडिएको गाँउको हुनेखाने सम्पन्न परिवारका विधार्थिहरु मिर्चैया, सिरहा, गोलबजार, लहानका बोर्डिङग स्कूलहरुमा पढाउँदै आइरहेको स्थानीय मिना सदायले भन्दै गाँउमै कोचिङ कक्षा सञ्चालन गरेर वडाध्यक्षले गरीव दलितका बालबालिकाहरुलाई नियमित पढाउन थालेको कोचिङग कक्षाले निकै प्रगति भएको खुसी व्यक्त गर्नुभयो ।

photo_2023-09-11_12-24-55 (2)

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A