क्याम्पसको प्रथम बैठक सम्पन्न

  • भदौ ३०, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,भदौ ३० गते ।

लहान स्थित श्री जेएस मुरारका बहुमुखी क्याम्पस लहानको प्रथम बैठक सौहाद्रपूर्ण रुपमा सम्पन्न भएको छ । 

बैठकले खाता संचालन,पोखरी र बगैंचा र विविध तीन प्रस्ताव पारित गरी बैठक सम्पन्न भएको हो । प्रथम बैठकमा क्याम्पस लहान नगरप्रमुख समेत रहनु भएको क्याम्पस अध्यक्ष महेश प्रसाद चौधरीको निर्देशनमा क्याम्पस प्रमुख संजय चौधरीले प्रस्ताव राख्नु भएको थियो । 

 क्याम्पसको विधान अनुसार बैंक खाता नव निर्वाचित अध्यक्ष महेश प्रसाद चौधरी र क्याम्पस प्रमुख संजय चौधरीको नाममा बैंक खाता सञ्चालन गर्ने,पोखरी र बगैंचाको ठेक्का लगाउन नयाँ कार्यविधि बनाउन सञ्चालन समितिको सदस्य बद्री नारायण चौधरी,मन्टी कुमार मण्डल र क्याम्पस प्रमुख रहनेगरी तीन सदस्यीय कमिटि गठन गरिएको क्याम्पस प्रमुखले बताउनुभयो । 

नयाँ विधान अनुसार स्ववियु सभापतिलाई पदेन सदस्यमा मनोनित नगरेकोले स्ववियु सभापतिलाई नराखिएकोमा स्ववियु सभापति रामकृष्ण यादवले बैठकमै स्ववियु सभापतिलाई राख्नुपर्ने माग गर्नुभएको थियो । स्ववियु सभापतिको मागलाई ध्यानमा राखेर अर्को बैठकमा आमन्त्रित सदस्यको रुपमा राख्ने निर्णय भएको उहाँले प्रष्टयाउँदै स्ववियु सभापतिलाई सदस्यमा राख्न पहल गर्ने बताउनुभयो

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A