जीवछ उदासी
असोज ८ गते ।
४० हजार राहत शिक्षकहरुको मागलाई सम्बोधन नहुञ्जेलसम्म आन्दोलन जारी राख्ने आन्दोलनरत राहत शिक्षकहरुले जनाएका छन् ।
सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षक,बालविकास, विद्यालय कर्मचारी र विद्यालय सहयोगीहरुको माग सम्बोधन नगरी वेवास्ता गरिरहेकोले आन्दोलन रहर होइन,बाध्यता भएको नेपाल राहत शिक्षक केन्द्रीय समितिका सचिव शिव शङकर कामतीले बताउनुभयो ।
उहाँले भन्नुभयो,'आज सोमबारपनि सडकमा सुतेर काठमाण्डौमा आन्दोलन गरिरहेका छौ । शिक्षक महासङ्घले धोका दिएकोले राहत बाल विकास शिक्षकहरुले आन्दोलन जारी राखेका छौ । आन्दोलनमा देशैभरिबाट राहत शिक्षकहरु आउन अहवान गरेका छौ ।'
आन्दोलनमा सहभागिता जनाउन राहत शिक्षकहरु काठमाण्डौ आइरहेको समयमा विद्यालय बन्द गरेर सरकारलाई दबाब दिन पेशागत सङघ संगठनहरुलाई समेत आग्रह गरेको सचिव कामतीले जानकारी गराउनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2023 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A